आज:  | Fri, 26, Apr, 2024

धादिङ निलकण्ठ नगरपालिकाका मेयर  भिम प्रशाद ढुंगानाद्धरा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण पत्र

८ माघ २०७९, आईतवार ०९:४८ मा प्रकाशित ( १ साल अघि) २०३ पाठक संख्या
नारी बाटिका


 

 धादिङ निलकण्ठ नगरपालिकाका भिम प्रशाद ढुंगानाद्धरा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण पत्र

धादिङ निलकण्ठ नगरपालिकाका मेयर  भिम प्रशाद ढुंगानाद्धरा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण पत्र

धादिङ,२०७९ माघ ८ गते आईतवार

धादिङ जिल्ला निलकण्ठ नगरपालिका एवं् नगरपालिका महाँसंघ केन्द्रिय अध्यक्ष भिम प्रशाद ढुंगानाद्धरा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिखित पत्रको साथ ध्यानाकर्षण गराउनु भएको छ ।  हिजो माघ ७ गतेका दिन नेपाल नगरपालिका संघका अध्यक्ष समेत रहनु भएका ढुंगानाको नेतृत्वमा गएको एक टोलीले प्रधानमन्त्री प्रचण्डलाई भेटि सोको विषयमा ध्यानाकर्षण गराईएको हो।

गत निर्वाचनका उम्मेदवारहरुले आयोगले पटक पटक ताकेता लगाएको भएता पनि समयमा नै निर्वाचन खर्च विवरण नबुझाएकाले सो वापत लाग्ने जरीवाना मिनाह गर्नुपर्छ भन्ने धारणा राखी पेश गरिएको थियो ।

त्यस्तै गृहममन्त्री रवी लामीछानने मन्त्रालय समाहाले संगै केही समय यता अभियानको रुपमा आएको क्रसर उद्योगीको समस्या समाधान गरीमापदण्ड पुर्‍याएर क्रसर उद्योग सन्चालन गर्नका लागी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण गराउनु भएको हो ।

यसैगरी भेटमा नगरपालिका संघका केन्द्रिय अध्यक्ष भीम प्रसाद ढुंगानाले क्रसर उद्योग बन्द भएका कारण विकास निर्माणको काम समेत ठप्प भएकोले पनि व्यवशायीहरु मारमा परेको जानकारी गराउदै सरकार प्रमुख दाहालको ध्यानाकर्षण गराउनु भएको हो ।
ध्यानाकर्षण पत्र पेश गर्ने क्रममा प्रधानमन्त्री दाहालले जरिवाना मिनाहका लागि आगामी मन्त्रिपरिषदको बैठकबाट निर्णय गरेर राष्ट्रपतिकोमा पठाउने जानकारी दिनुभएको छ ।

जवाफमा प्रधानमन्त्री दाहालले अव क्रसर उद्योग एक दुई दिन मै खुल्ने अमसवासन दिदै, सबैलाई दर्ता गर्न केहि समयवधी दिईने पनि बताउनु भएको छ।अध्यक्ष ढुंगानाले संघको अधिवेशनका क्रममा क्रसर उध्योगीहरुको समस्या समधानमा आफु लाग्ने वचन दिदै यो मुद्दा उठाउदै आईरहनु भएको छ भने साथै गत निर्वाचनका उम्मेद्धारहरुको खर्च विवरण निर्वाचन आयोगलाई नबुझाउदा लाग्ने जरिवाना मिनाहका लागि पनि पहल कदमी लिदै आई रहनु भएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस