
नारी बाटिका

काठमाण्डौ,माघ ८ आईतवार
विगत केही समयदेखी नेपाली बजारमा छापावाला सुनको मुल्य आकासिने अनुमान गरिरहेको अबस्थामा चाँदीको मुल्य स्थिर रहेता पनि आज सुनको मूल्य घटेको छ । सुन र चाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको कारोबारको तुलनामा प्रति तोला रु दुई सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख पाँच हजार दुई सयमा कारोबार भईरहेको मा मूल्य आज दिनभरको मुल्य प्रति तोला एक लाख पाँच हजार तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मुल्यसुची अनुसार तेजाबी सुन आज दिनभरको मूल्य प्रति तोला रु एक लाख चार हजार पाँच सय छ । अघिल्लो दिनको मूल्य रू, एक लाख चार हजार सात सय रुपयाँ थियो ।
त्यसैगरी चाँदीको मूल्य अघिल्लो दिनको कारोबारको तुलनामा स्थिर रहेकोले प्रतितोला रु एक हजार तीन सय ७५ रुपयाँ कायम रहेको महाँसंघले जानकारी गराएको छ । अन्तरराष्ट्रिय बजारमा हुने सुन , चाँदीको कारोबार मूल्यका आधारमा नेपालमा पनि सोही अनुसार प्रत्यक दिन सुन र चाँदीको मूल्य निर्धारण गरिदै आएको छ ।








प्रतिक्रिया दिनुहोस