आज:  | Tue, 16, Apr, 2024

प्रतिपक्षको भुमिकाबाट बाहिर गई प्रधानमन्त्री दाहाल लाई बिश्वासको मत दिएर काँग्रेसले गल्ति गरेको ः नेता कोइराला

९ माघ २०७९, सोमबार ०९:१८ मा प्रकाशित ( १ साल अघि) १८२ पाठक संख्या
नारी बाटिका


 

काठमाडौं, माघ ९ ।
प्रतिपक्षको भुमिकाबाट बाहिर गई प्रधानमन्त्री दाहाल लाई बिश्वासको मत दिएर काँग्रेसले गल्ति गरेको नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालाले वताउनु भएको छ ।

पौष २६ मा भएको प्रधानमन्त्रीले सरकारको नेतृत्व गरेको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संविधानिक व्यवस्था अनुसार पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएर पार्टीले गमभीर गल्ती गरेको बताउनु भएको छ ।

आइतबार बिहानबाट बत्तीसपुतली स्थित अनुपम फुडल्याण्डमा बसेको बैठकमा कोइरालाले थो कुरा वताउनु भएको हो । पार्टीको कार्य सम्पादन मुल्याङकन समितिको बैठकमा आफूहरुले यतिवेला विश्वासको मत दिनुहुन्न भनेको ,तर पार्टीका अन्य साथीहरुले दाहाललाई विश्वासको मत दिनुपर्छ भन्नेमा अडान राखी सो सवाललाई बैकको बहुमतले पारित गरेको बताउनु भएको हो ।

‘‘हामीले कार्यसम्पादन समितिको बैठकमा प्रचण्डलाई विश्वासको मत दिनुहुन्न यो समय कांग्रेस प्रतिपक्षमा बस्नुपर्छ,जनताले कागे्रसलाई सरकारको नेतृत्व गर भनेर प्रतिनिधीसभाको पहिलो पार्टी बनायर पठाए तर पनि अचम्भित रुपमा नेपाली काँगे्रस सरकार बाहिर बस्नुपर्ने परिस्थिती बन्न पुग्यो तरपनि केही भएको छैन नेपाली राजनितिमा सरकारको नेतृत्व गरी जनताको हितमा काम गर्न काँगे्रसकै खाँचो पर्ने अवस्था छिट्टै आउनेछ त्यसैले हामीले विश्वासको मत दिएर भन्दा पनि प्रतिपक्षमै बसेर उचित भुमिका गरौं भन्यो तर बहुमतले निर्णय गरेपछि बाध्य भएर विश्वासको मत दिनुपर्यो,’ बैठकमा कोइरालाको भनाई उधृत गर्दै सहभागी एक नेताले भन्नुभयो ।

कोइरालाले राष्ट्रपतिको विषयमा प्रधानमन्त्री प्रचण्ड सकारात्मक भएपनि अब त्यो पद कांग्रेस बाट फुत्किसकेको बताउनु भएको छ । ‘प्रचण्ड कांग्रेसप्रति सकरात्मक रहेपनि सत्ता साझेदार दलहरु कांग्रेस प्रति सकरात्मक देखिएका छैनन। तसर्थ राष्ट्रपति कांग्रेसलाई दिने विषय अब प्रचण्डको हातमा छैन। हामीले प्रचण्डलाई विश्वासको मत दिएको कुनै अर्थ पनि रहेन।’

कोइरालाले अब प्रचण्डलाई विश्वासको मत दिएको विषयमा कांग्रेसको केन्द्रीय समिति बैठकमा छलफल गरिने कुरा प्रश्ट पार्नु भएको छ । १५ गते बस्ने पार्टी केन्द्रीय कमिटीको बैठकमा कुन कुन एजेण्डा लैजाने भन्ने विषय र पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको। बैठकमा सहभागीहनेताले एउटै धारणा बनाएर अगाडि बढ्नु पर्ने सुझाव समेत दिएका छन्।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस