आज: २०८२ फागुन ४, सोमबार | Mon, 16, Feb, 2026

गृह एवं उपप्रधानमन्त्री रवि लामिछानेको मुद्दाको सुनुवाइ आज सकियो ।

२०७९ माघ १३, शुक्रबार मा प्रकाशित ( ३ साल अघि) १२२४२ पटक पढिएको
नारी बाटिका


काठमाण्डौ,माघ १३  सुक्रवार

गृह एवं् उपप्रधान मन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी परेको मुद्दाको सुनुवाइ आज सकिएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वभर प्रसाद श्रेष्ठ, ईश्वर प्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हाको संवैधानिक इजलासले आज सुनुवाइ सकिएको हो ।

आदेश भने आजै आउने वा अर्को दिन निर्णय सुनाउने भन्ने बारेमा भने तय भएको छैन । बुधबार यस मुद्धाको सुनुवाइ नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियोे ।

यस अघि अदालतले दिएको आदेशमा २०७५ असार ६ गते अध्यागमन विभागमा पेश गरेको कागजात, सम्बन्धमा भएका कारवाही सम्बन्धी कागजात गृह मन्त्रालय, अध्यागमन विभाग वा जिल्ला प्रशासन कार्यालय समेत जहाँ छ, सो निकायबाट सात दिनभित्र झिकाउनका लागी आदेश दिएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहनु भएका उपप्रधानमन्त्री लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदको योग्यता बारे अधिवक्ता रविराज बसौला, युवराज पौडेललगायतले प्रश्न उठाउँदै रिट निवेदन दायर गर्नु भएको थियो ।

नेपाली नागरिकता नलिइ राजनीतिक दल खोलेको, प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरी सांसद बनेको उल्लेख गर्दै,लामिछानेको सांसद पद समेत खारेजको माग राखी रिट निवेदन गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस