आज:  | Wed, 08, May, 2024

नेपालमा राणा कालिन व्यवस्था ढलेपनि राणासाशन ढलेको रहेनछ …..? ।

२९ माघ २०७९, आईतवार ०८:५२ मा प्रकाशित ( १ साल अघि) ४५१ पाठक संख्या
नारी बाटिका


नेपालमा राणा कालिन व्यवस्था ढलेपनि तर राणा साशन  ढलेको रहेनछ  …..? ।

नारी वाटिका समचार दाता

नेपालमा राणा कालिन व्यवस्था ढलेपनि तर राणा साशन  ढलेको रहेनछ भन्ने स्पष्ट दृश्र्य राजधानीमा सुक्रवार ट्रर्मा सेन्टरबाट आफ्नो ड्युटी सकेर घर जान निस्केका एकजना डाक्टरको टाउकोमा प्रहरी द्धारा लाठी बर्षाइँदा अनुमान गर्न सकिन्थ्यो कि नेपालमा राणाकालिन व्यवस्था ढलेपनि राणा शासन भने ढलेको रहेनछ भनेर …..

यो स्थिती सुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारी ले देखाउनु भएको छ । शुक्रबार अपराह्न संसद्लाई सम्बोधन गर्न जाँदा र फर्कंदा सडक ठप्प पारी पेटीबाट समेत आवागमन गर्न रोक लगाउन नेपालका सुरक्षा निकायलाई राष्ट्रपती कार्यलयकै निर्देशनमा सडकमा ड्युटिमा खटिएका ट्राफिक प्रहरीद्धारा यात्रुहरुलाई रोक लगाइँदा लाखौं नागरिक घण्टौं सम्म जहाँको तही उभिन वाध्य बनाएको थियो ।

ठुलावडाका यस्ता हर्कतले नेपालमा फेरि राणा शासन नढेलेकोले काठमाडौंका यात्रु र बटुवा राष्ट्रपतिको सवारीका कारण सहिन नसक्नुको सास्ती खेप्न परेको प्रश्ट देख्न सकिन्छ ।

तिनै नागरिकका भोट लिएर देशमा राष्ट्रपति,प्रधान्मंत्री,गृहमंन्त्री,कानुन मन्त्रि आदी बनेर अघिपछी सुरक्षा गार्ड र सुसारे लिएर चिल्लो चिल्लो गाडीमा घुँकिरहेका नेताहरु चुनाव जितेर कुर्चीमा गएपछी तिनै मतदातालाई रैती र कमारोमा परिणत गर्ने गरी राष्ट्रप्रमुखको सवारीमा प्रदर्शन गरिएको यो रवाफले गणतान्त्रिक व्यवस्थाकै हुर्मत लिएको छ ।

अझ, यस क्रममा बाटामा हिँडेको बहानामा राष्ट्रिय ट्रमा सेन्टरका एक चिकित्सक आईसीयूकै ‘अब्जर्भेसन’ मा बस्नुपर्ने,,जसले  को उपचार गरी दिनरात विरामीको सेवामा खटिएर लाखौको जिवन बचाँँउदै आएका छन् । उनैलाई …….प्रहरीद्वारा पिटिए, त्यसले त राणाशासनकै झल्को दिएको छ ।

ऊ बेला राणाहरूको सवारी हुँदा स्वस्ति र सलाम नचढाएमा बाटोवरपर बस्नेहरू आठ पहरियाहरूको चुटाइ भोग्न बाध्य हुन्थे, अहिले लोकतान्त्रिक गणतन्त्रमा पनि हुँदै नभएको ‘सवारी नियम उल्लंघन गरेको कसुरमा नागरिकको टाउको फुटाएका छन्, जुन वर्तमान व्यवस्थाको मात्र होइन, ।

यो हर्कत गणत्रानित्रक युगकै चेतना माथिको निर्मम प्रहार हो । तर पनि ति जनताको निर्दोष छोरा बल्ल तल्ल सुरक्षाकर्मीको जागिर पाएर हवल्दार बनेका छन् । उनले आफुखशी नागरिक माथी लाठी बर्साएका होईनन् ।

ठुलावडाको सवारीमा नागरिकलाई सडकमा हिड्न,सर्वसाधारणका गाडी रोक लगाउन र नागरिकले अडर नमाने लाठी प्रहार गर्न आदेश दिएकोले उनि सुरक्षाकर्मीले माथीको अमदेश पालना मात्रै गरेका हन् । त्येही आदेश पालना गर्दा अब तिनै निदोर्ष जनताको छोराको जागिर बाट निलम्वित हुन पुगे ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस