आज:  | Sat, 18, May, 2024

नेपाली कांग्रेसका नेता भण्डारीको आजै दुईवटा शल्यक्रिया हुने ।

५ फाल्गुन २०७९, शुक्रबार ०८:५० मा प्रकाशित ( १ साल अघि) ५१० पाठक संख्या
नारी बाटिका


काठमाडौं,फागुन ५ सुक्रवार

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको ग्यास सिलिन्डरमा लागेको आगलागीमा परी कांग्रेस नेता भण्डारी र उनकी आमा घाइते हुनु भएको थियो । घाईते हुनु भएका नेता भण्डारीको आजै दुईवटा शल्यक्रिया हुने भएको छ ।

प्रभावशाली नेता एवं केन्द्रीय सदस्य समेत रहनु भएका चन्द्र भण्डारी ग्यास सिलिन्डरबाट सल्किएको आगोकोमा परी गम्भिर घाईते अबस्थामा हाल भारतमा उहाँको उपचार भैरहेको छ । तेती चिन्ताजनक अबस्था नभएता पनि आजै उहाँको दुईवटा शल्यक्रिया गरिने भएको छ।

ग्यास सिलिन्डरबाट सल्किएको आगोको लप्को लागेर गम्भीर अवस्थामा उहाँको मुम्बई स्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारीको आज दुईवटा शल्यक्रिया गरिने भएको हो।

ग्यास सिलिन्डरमा लागेको आगोको मुस्ला र धुँवाका कारण नेता भण्डारीको फोक्सोमा गम्भीर अशर रहेकाले डाक्टरको सल्लाह अनुसार बिहीबार थप उपचारका लागि मुम्बई स्थित नेशनल बर्न सेन्टरमा लगिएको थियो।

उहाँसँगै सहयोगमा रहेका युवा नेता तथा व्यवसायी योगराज कँडेलले भण्डारीलाई अहिले आईसीयूमा राखिएको जानकारी दिनु भएको छ।

घाईते नेता भण्डारीको शरीरमा फ्लुडको मात्रा डबल गर्नको लागी बिहान साढे १० बजे पहिलो र साढे १ बजे पछी दोस्रो सर्जरी आजै गर्ने कँडेलले जानकारी गराउनु भएको छ।

चिकित्सकलाई उद्धृत गर्दै, उहाँको उपचारको लागी साथमा रहनु भएका कँडेलले दिएको जानकारी अनुसार भण्डारीको हृदयको चाल नर्मल रहेको छ भने आत्तिनु पर्ने अवस्था भने छैन ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस