राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको केन्द्रिय महाधिवेशन आजबाट धादिङवेशीमा ।
धादिङ फागुन १२ सुक्रवार
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौं महाधिवेशन आज फागुन १२ अर्थात आजदेखी धादिङबेसीमा हुन गैरहेको छ । प्रतिष्ठानले विहिवार धादिङबेसीमा पत्रकार सम्मेलन गरी आठौं महाधिवेशनको सम्पुर्ण तयारी सकिएको जानकारी गराएको छ ।
फागुन १२ देखि १४ सम्म सम्पन्न हुन गैरहेको आठौं महाधिवेशनको समुद्र्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललबाट गरिने प्रतिष्ठान धादिङका पुर्व अध्यक्ष कृष्ण ढकाल शिशिरले जानकारी दिनु भएको हो ।
कार्यक्रमको उद्घाटन हुनु अघि सदरमुकाम धादिङबेसी पुछारबजार बाट विविध कला र संस्कृति झल्काउने झाँकी सहितको ¥यालीको साथमा रमाईलो कार्यक्रम गरिने ढकालले बताउनु भएको छ ।
नेपालको भौगोलिक विभिदता अनुसार पुर्वदेखी पश्चिम सम्मका कलाकारहरुको सहभागिता रहेको यसै केन्द्रिय अधिवेशनको अवशरमा उक्त कला र संस्कृतिलाई समेटेर धादिङमा कार्यक्रम गर्न लागिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले बताउनु भयो ।
यसैगरी धादिङ जिल्ला पनि कला र संस्कृतिको उर्वर भूमि भएकाले पनि यस पटकको महाधिवेशन धादिङवेशीमा गर्न लागिएको हो । उहाँले भन्नुभयो,– ‘देशको राजधानी काठमाडौ सँगै जोडिएको जिल्ला धादिङ केन्द्रमा पर्ने र सबैलाई आउन पनि सहज हुने वताउनु भएको हो ।
धादिङको पर्यटन विकासमा पनि यो महाधिवेशनले ठूलो टेवा पुग्ने अपेक्षा लिएका छौं ।,’ यस महाधिवेशनमा ७२ जिल्लास्तरीय समिति, ६ प्रदेशस्तरीय समिति, आजीवन सदस्यहरु, मानार्थ सदस्यहरु र केन्द्रीय समिति सहितका सबै प्रतिनिधि गरी एक हजार जना भन्दा बढीको उपस्थिति रहने प्रतिष्ठान बागमती प्रदेश अध्यक्ष बासु सिंखडाले जानकारी गराउनु भएको छ ।
महाधिवेशनमा ,भाग लिन आएका देशभरका प्रतिनिधीहरुलाई सकेसम्म धादिङबेसीका होटलहरुमा राखिने र यहाँका होटलहरुमा ठाउँ नपुगेमा मलेखु र गजुरी लगायतका होटलहरुमा बसोबासको व्यवस्था मिलाईने आयोजकको भनाई रहेको छ ।
महाधिवेशन अवधी भरको बसाइ सहज र रमाइला हुनेछ भन्ने आशा लिएका छौं ः उहाँले भन्नु भयो । त्यसैगरी नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले धादिङमा कलाकार संग यस कार्यक्रम सफलता पुर्वक सम्पन्न गर्नमा सहकार्य गर्ने बताउनु भएको छ ।
धादिङ भुगोलको हिसावले सानै भएपनि यहाको कला, संस्कृति, प्राकृतिक सम्पदा लगायतका बस्तुहरुले धनि बनाएको छ ।
कलाकारहरुको धादिङ बसाइ अविष्मरणीय रहने हाम्रो पनि सुवेक्षा रहेको छ ।
प्रतिक्रिया दिनुहोस