आज:  | Fri, 19, Apr, 2024

फागुन २३ गतेदेखी धादिङमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुदै ।

१२ फाल्गुन २०७९, शुक्रबार ०८:५४ मा प्रकाशित ( १ साल अघि) २५३ पाठक संख्या
नारी बाटिका


फागुन २३ गतेदेखी धादिङमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुदै ।

धादिङ,१२ फागुन

फागुन २३ गतेदेखी धादिङमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । १२ औं धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारीको लागी बिहिबार जिल्ला खेलकुद बिकास समितीमा बसेको बैठकले फागुन २३ गतेदेखी प्रतियोगिता सन्चालन गर्ने निर्णय गरेको हो ।

जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिं तामाङको अध्यक्षतामा बसेको बैठकले प्रतियोगिता सन्चालन गर्ने विषयमा छलफल तथा निर्णय भएको हो । बैठकले धादिङको गजुरी गाउँपालिका ५ स्थित गलौँदी खेल मैदानमा प्रतियोगिता गर्ने निर्णय गरेको छ ।

यही फागुन २३ गतेदेखि २५ सम्म रनिङ शिल्ड प्रतियोगिता संचालन गर्नको लागि सरोकारवाला निकायसँग बिहिबार बैठक बसेर र निर्याय गरेको जिल्ला खेलकुद विकास समितिद्धारा जानकारी गराईएको हो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस