आज:  | Fri, 03, May, 2024

धादिङकी रिता थापा मगर, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा निर्वाचित ।

१४ फाल्गुन २०७९, आईतवार ०८:२२ मा प्रकाशित ( १ साल अघि) २८६ पाठक संख्या
नारी बाटिका


धादिङकी रिता थापा मगर, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा निर्वाचित ।

धादिङ २०७९ फागुन १४ ।

धादिङकी चेली गायिका रिता थापा मगर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा निर्वाचित भएकी छन् । धादिङवेशींमा आयोजित ८ औं केन्द्रिय महाधिबेशन बाट रिता थापा मगर सर्व सहमतमा केन्द्रिय अध्यक्षमा निर्वाचित भएकी हुन् ।

यसैगरी निर्वीरोध निर्वाचित हुनेहरु मध्य बरिष्ठ उपाध्यक्षमा गायक पशुपती शर्मा, प्रथम उपाध्यक्षमा रामजी खाँण, उपाध्यक्षमा सुवास केसी, दिपक खड्का, राधिका हमाल, महासचिवमा शिव हमाल, उपमहासचिवमा हरि डाँगी, शिरिष देवकोटा, कोषाध्यक्षमा अमृत अधिकारी, महिला सचिवमा जमुना राना मगर रहेका छन् ।

लुम्बिनी प्रदेशबाट सचिवमा दिपक गजोरा मगर,सुदुर पश्चिम बाट सचिवमा नविन सिँह थामी,उपत्यका सचिवमा प्रकाश सपुत,कर्णाली सचिवमा उत्तम शर्मा,विदेश सचिवमा रामकृष्ण वम मल्ल, प्रशासनिक सचिवमा जीवन दाहाल,सांगठनिक सचिवमा पिएन सापकोटा,सांगठनिक सह सचिवमा तारानाथ आचार्य रहेका छन्

त्यसैगरी प्रशासनिक सह सचिवमा रामकुमार रायमाझी,बिदेश सह सचिवमा दुर्गा पंगेनी, महिला सह सचिवमा सीता राना,मगर,सह कोषाध्यक्ष महिलामा जुना श्रीष जैकली,मधेश सदस्यमा कृष्ण प्रसाद गौतम,सुदुर पश्चिम सदस्यमा पदम बहादुर थामी,उप समन्वयमा तिलक परियार र कर्णाली सदस्यमा राजकुमार खत्री निर्विरोध निर्वाचित भएका छन् ।

सर्वसम्मत हुन नसकेका पदहरुमा भने मतदान कार्य सम्पन्न गरी यतिवेला मतगणणा गर्ने कार्य जारी रहेको निर्वाचन समितिले जनाएको छ । नव निर्वाचित समितिको कार्यकाल तिन बर्षको हुने व्यवस्था रहेको छ । यो महाधिवेशनले ३५ जनाको पदाधिकारी सहित ७५ सदस्यीय नर्या कार्य समिति चयन गर्नेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस