आज: २०८२ भाद्र २४, मंगलबार | Tue, 09, Sep, 2025

स्ववियु निर्वाचनको लागि नीलकण्ठ बहुमुखी क्याम्पसमा शनिवार मनोनयन दर्ता

२०७९ फागुन २८, आईतबार मा प्रकाशित ( २ साल अघि) ४६७० पटक पढिएको
नारी बाटिका


धादिङ, २८  फागुन ।
नारी वाटिका संवाददाता

नीलकण्ठ बहुमुखी क्याम्पसमा आगामी चैत्र ५ मा हुने स्ववियु निर्वाचनको लागि शनिवार मनोनयन दर्ता गर्ने कार्य भएको छ । लामो समयपछी हुन गैरहेको स्ववियु निर्वाचनमा नीलकण्ठ बहुमुखी क्याम्पसबाट सभापतिमा पदको लागि कविराज श्रेष्ठले मनोनय दर्ता गराउनु भएको छ भने सचिवमा राजन अधिकारी र कोषाध्यक्षमा सिता सापकोटा (सितलले) उम्मेद्वारी दर्ता गराएको निलकण्ठ क्याम्पसले जानकारी दिएको छ ।

यसैगरी नेविसंघबाट सदस्यहरुमा प्रमिला पाठक, रोजिना शाक्य, भवानी भट्टराई, दिलमान तामाङ, सन्तोष मगर, सन्तोष ढुङगाना र सुमबहादुर खनालले मनोनयन दर्ता गराएका छन् ।

नेपाली काँग्रस निकट भातृ संस्था नेविसंघबाट स्ववियु सभापतिमा निर्वाचित भए पछी विद्यार्थी संघको व्यवस्थापनमा विध्यालयमा सान्तिपुर्ण वातावरणमा अध्ययन गर्ने गराउने विद्यार्थी हितका लागी सामाजिक रुपमा अतिरित्त क्रियाकलापका कार्यक्रमको विकास गर्न पहल गर्ने हाम्रो मुख्य उध्यस्ये रहेको वताएका छन् ।

यसैगरी क्याम्पसलाई जिल्लाका नमुनाको रुपमा टिकाउन श्रोत व्यवस्थापनमा पहल गर्ने,स्थानीय, प्रदेश र संघिय सरकारबाट आर्थिक सहयोग जुटाई उचित व्यवस्थापनको लागि क्याम्पस प्रशासनलाई सहयोग गर्ने ।

नेविसंघबाट सभापती पदको लागि मनोनय दर्ता गराएका श्रेष्ठ भन्छन् निर्वाचन जितेर आफुलाई पदको मात्रै दावी रहेको छैन् विध्यार्थी हक हितका सवालहरुको उठान गरी क्याम्पस प्रशासन संग मिलेर काम गर्ने हाम्रो नेपाल विद्यार्थी संघ (नेविसंघ) को े प्रमुख लक्ष्य राखिएको बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस