आज: २०८३ श्रावण २०, बुधबार | Wed, 05, Aug, 2026

चट्याङ लागेर धादिङमा पशु चौपायाको मृत्यु

२०७९ फागुन ३०, मंगलबार मा प्रकाशित ( ३ साल अघि) ७४२७ पटक पढिएको
नारी बाटिका


 

चट्याङ लागेर धादिङमा पशु चौपायाको मृत्यु

धादिङ फागुन ३०
नारी वाटिका संवाददाता

शोमवार धादिङ पिपलछाप पोखरे टोलमा चट्याङ लागी पशु चौपायाको मृत्यु छ । शोमवार फागुन २९ वेलुकी अंन्दाजी ५ बजेको समयमा धादिङ जिल्ला निलकण्ठ नगरपालिका ७ पिपलछाप पोखरे टोल बस्ने राम बहादुर रोक्काको गोठमा बाँधेका २ वटा भैसि र ऐ.ऐ.बस्ने बोधे रोक्काको २ वटा  बाख्राको समेत मृत्यु भएको छ ।

अचानक परेको चट्याङ बाट निस्केको आगोको मुस्ला लागी उक्त चौपायको मृत्यु भएको, थियो ।उक्त घटनामा ईलाका प्रहरी। कार्यलय सुनौलाबजारबाट खटिएका प्र.स.नि.को कमाण्डरमा खटिई गएका उद्धारका टोलीले उद्धार गरिएको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता सन्तु जैसवारले जानकारी दिनु भएको छ ।

उक्त चट्याङ बाट मानविय क्षति भने नभएको प्रवक्त जैसवारले वताउनु भएको छ । प्रहरीका अनुसार चट्याङका कारण मरेका भैँसी र बाख्राबाट दुई लाख ५० हजारको क्षति भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस