आज:  | Thu, 28, Mar, 2024

मेघगर्जन सहित चट्याङ पर्ने अनुमान गरिरहेकाले,  सतर्कता अपनाउन मौसम विद्को सुझाव

१ चैत्र २०७९, बुधबार ०८:३९ मा प्रकाशित ( १ साल अघि) ३४४ पाठक संख्या
नारी बाटिका


मेघगर्जन सहित चट्याङ पर्ने अनुमान गरिरहेकाले,  सतर्कता अपनाउन मौसमविद्को सुझाव

नारी वाटिका संवाददाता धादिङ,१ चैत्र

बागमती प्रदेशका केहि पहाडी भुभागका क्षेत्रमा चिसो हावाहुरी चल्नुको साथै मेघगर्जन सहित चट्याङ पर्ने अनुमान गरिएको छ । मौसमविद्का अनुसार आज पनि बेलुकी पख वाग्मती, गण्डकी र कोशी प्रदेशका केही ठाउँमा हुरी वतास चल्ने अनुमान गरिएको हो । त्येस्तै हिजो पहाडी भेगको केही स्थानमा चिसो हुरी चलेपनि पानी पर्न भने सकिरहेको छैन ।

तर केही ठाउँहरुमा भने हुरी संगै पानी परेको छ । गएराति वाग्मती, कोशी, गण्डकी, कर्णाली, लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा हुरी वतास चलेको थियो । यस्तै, सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा तीब्र गतिमा हावाहुरी चलिरहेको छ । प्रि मनसुनको समयमा पश्चिमी वायुको प्रभाव पर्दा हावाहुरी चल्ने मौसमविद् समीर श्रेष्ठले बताउनु भएको छ ।

त्यस्तै आज पनि हावाहुरी चल्नुको साथै मेघगर्जन सहित चट्याङ पर्ने अनुमान गरि रहेकाले सतर्कता अपनाउन मौसमविद्को सुझाव रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस