आज:  | Thu, 18, Apr, 2024

उपराष्ट्रपति निर्वाचनको नतिजा आजै साँझ, ६ बजेभित्रै आउने आयोगदवारा जानकारी

३ चैत्र २०७९, शुक्रबार ०८:४० मा प्रकाशित ( १ साल अघि) ३९९ पाठक संख्या
नारी बाटिका


नारी वाटिका संवाददाता ३ चैत्र,काठमाण्डौ ।

उपराष्ट्रपति निर्वाचनको नतिजा आजै साँझ, ६ बजेभित्रै आउने आयोगदवारा जानकारी गराएको छ । नेपालको नयाँ उपराष्ट्रपति चयनका लागि आज शुक्रबार विहान १० बजे बाट निर्वाचन हुँदैछ ।

आज नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने कार्यक्रम रहेको छ । साथै उपराष्ट्रपति निर्वाचनका लागि सम्पुर्ण तयारी पुरा भएको आयोगका सहायक निर्वाचन अधिकृत अमृता कुमारी शर्माले जानकारी दिनु भएको छ।

उपराष्ट्रपति पदका लागी नेकपा एमालेको तर्फबाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा र जनता समाजवादी पार्टी (जसपा) नेपालबाट राम सहाय प्रसाद यादव गरी ३ जनाको उम्मेदवारी रहेको छ।

निर्वाचन आयोगका अनुसार उपराष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्का सदस्यले रातो मसी र प्रदेश सभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि हरियो मसीले मतपत्र छपाइ गरिएको छ। मतदाताले मतपत्रमा उम्मेदवारको तस्बिर र नाम अङ्कित रहेको कोठामा स्वस्तिक छाप लगाई मत सङ्केत गर्नु पर्नेछ।

सङ्घीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ कायम रहेको छ। निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदाता रहेका छन्।

सहायक निर्वाचन अधिकृत शर्माका अनुसार मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु हुने छ। साँझ ६ बजेभित्र मतगणना सकी नतिजा सार्वजनिक गरिने जानकारी दिनु भएको छ । मुलुकको राष्ट्रपतिको काम विषेशले हुने अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने संवैधानिक व्यवस्था रहेको छ।

नेपालमा उपराष्ट्रपतिको यो तेस्रो पटकको निर्वाचन हुन लागेको हो। हालको उपराष्ट्रपतिमा नन्दबहादुर पुन रहनु भएको छ । उपराष्ट्रपति निर्वाचन सम्पन्न हुनु अघि नै पुन निजी निवासमा सरिसक्नु भएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस