आज:  | Thu, 28, Mar, 2024

नीलकण्ठ बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन चैत्र ८ गते हुने

४ चैत्र २०७९, शनिबार १०:१३ मा प्रकाशित ( १ साल अघि) ३१८ पाठक संख्या
नारी बाटिका


नारी वाटिका संवाददाता धादिङ, ४  चैत ।

त्रिविको स्ववियु निर्वाचन कार्य तालिका अनुसार स्ववियु निर्वाचन चैत ५ गते सम्पन्न गर्नु पर्ने थियो । तर विविध कारण वश नीलकण्ठ बहुमुखी क्याम्पस मा भने स्ववियु निर्वाचन यही चैत्र ८ गतेलाई सारिएको छ ।

जिल्लाको मात्रै नभएर वागमती प्रदेशकै व्यवस्थित र विकासउन्मुख मानिएको नीलकण्ठ बहुमुखी क्याम्पसका विभिन्न राजनितिक दलका निकट भात्रृ संगठन विद्यार्थी संघ संगठनहरुबिच सहमतीमा चुनावको मिती सारिएको हो ।

त्रिविको स्ववियु निर्वाचन कार्य तालिका अनुसार र चैत ५ गते मतदान गर्नु पर्ने थियो स्ववियु निर्वाचन क्रियाशिल सबै विद्यार्थी संगठनहरुको सहमतिमा ५ गते बाट ८ गतेलाई कार्य तालिका तय गरी सारिएको नीलकण्ठ बहुमुखी क्याम्पस प्रमुखले जानकारी दिएका छन् ।

तर अनेरास्ववियू (क्रान्तिकारी) र प्रजातान्त्रिक विद्यार्थी संगठनले निर्वाचन प्रकृयामा आपत्ति जनाउदै उम्मेदवारी दर्ता पछि नीलकण्ठ बहुमुखी क्याम्पसमा निर्वाचन प्रमुखको कार्यालयमा तालाबन्दी समेत गरेका थिए । तालाबन्दीपछि नेविसंघ बाहेक अन्य विद्यार्थी संगठनले प्रचार प्रसार कार्यलाई पनि ठप्प बनाएका थिए ।

विद्यार्थी संगठनहरु बिच छलफल र सहमती जुटेपछी अहिले प्रचार प्रसार गर्ने समयलाई समेत ध्यानमा राखी निर्वाचनको मिति सारिएको विद्यार्थी नेताहरुले बताएका छन् । जिल्लाको अन्य क्याम्पसहरुमा भने निर्धारित मितिमै नै मतदान हुने भएको छ ।

यसैगरी क्याम्पसको स्ववियु सभापतिमा नेवि संघबाट कविराज श्रेष्ठ, अनेरास्ववियुबाट आमोस थापा तामाङ, अनेरास्ववियू (क्रान्तिकारी) बाट श्रीकृष्ण रिजालको उम्मेदारी रहेको छ।

अनेरास्ववियु र प्रजातान्त्रिक विद्यार्थी संगठनबिच भने तालमेल गरेर चुनावी मैदानमा जादै छन् । अनेरास्ववियू (एस)ले नेवि संघसंग तालमेल गरेर प्रत्यक्ष तर्फको सदस्यमा उम्मेदवारी दिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस