आज:  | Tue, 18, Feb, 2025

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पुनः विश्वासको मत प्राप्त

६ चैत्र २०७९, सोमबार १९:१२ मा प्रकाशित ( १ साल अघि) २४८९ पटक पढिएको
नारी बाटिका


काठमाडौँ –०६ चैत

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा पुन ः दोस्रो पटक विश्वासको मत प्राप्त गरेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले पेश गरेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा १७२ मत खसेको हो।

प्रस्तावको विपक्षमा ८९ मत र मत दिन्न भन्ने पक्षमा एक मत खसेको थियो। बैठकमा २६२ जना सांसदहरु उपस्थित भएका थिए । पुन ः दोस्रो पटक विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्डलाई सांसदहरुले हात मिलाएर बधाई दिएका थिए।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी लगायतका दलहरुले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका हुन् । एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टीले भने सो प्रस्तावको विपक्षमा मत दिएका थिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई पूर्णता दिन भोलिदेखि छलफल थाल्ने बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस