आज:  | Fri, 29, Mar, 2024

अब पाठेघरको निशुल्क शल्यक्रिया धादिङ अस्पतालबाटै हुने जानकारी

१४ चैत्र २०७९, मंगलवार ०८:५६ मा प्रकाशित ( १ साल अघि) ३४७ पाठक संख्या
नारी बाटिका


धादिङ १४ चैत ।

अब धादिङ अस्पताल बाटै पाठेघरका विमारीहरुका लागी निशुल्क शल्याक्रिया हुने भएको छ। पछिल्लो समयमा नेपालका लगभग ८० प्रतिशत महिलाहरुमा पाठेघरको  समस्या हुदै आएको छ ।

३ स्टेपमा खस्ने गरेको पाठेघरको समस्या,पहिलो स्टेपमा र दोस्रो स्टेपमा खसेका पाठेघरको समस्यामा उपचार गरी समाधान हुने भएतापनि तेस्रो स्टेपमा शल्याक्रिया नै गर्नुपर्ने अवस्था रहन्छ ।

त्येस्तै पाठेघरका विमारीहरु धादिङ जिल्लामा पनि धेरै छन् । विषेश गरी पाठेघरकोसमस्या भएका महिलालाई परिवार तथा श्रीमानले  तेती साथ सहयोग गर्दैन् ।

यहि समस्याले पनि महिलाहरु आफ्नो व्यथा लुकायर राखिरहेका हुन्छन् । निजि अस्पतालले त २५।३० हजार रुपयाँ भन्दा बढी आफुखुशी शल्यक्रिया गर्दा पैसा लिने गर्दछन् भने सरकारी अस्पतालहरुले पनि यसअघी ८ हजार शुल्क लिदै आएका थिए ।

जिल्लामै पहिलो पटक निशुल्कः पाठेघरको शल्याक्रिया हुने भएको हो । यस सेवाबाट धादिङ,नुवाकोट र रसुवाका महिलालाई पनि निशुल्क रुपमा सेवा दिने कुरा धादिङ अस्पतालले जानकारी गराएको हो ।

यसअघि पाठेघरको निशुल्क चेक चाज गर्दै आएको भएतापनि शल्यक्रियाको लागि भने बिरामीले ८ हजार तिनुपर्ने थियो ।

तर,अब भने बिरामीले चेक जाँजको सेवा मात्रै नभएर शल्यक्रिया गर्न समेत कुनै शुल्क तिर्नु नपर्ने धादिङ अस्पतालका मेसु डा.मधुकर दाहालले बताउनु भएको छ ।

हरेक महिनाको दोस्रो र अन्तिम शुक्रबार पाठेघरको शल्यक्रिया गरिनेछ । आर्थिक अवस्था कमजोर भएका महिलाले रोगलाई लुकाएर राख्ने गरेकोले नेपाल सरकारको आर्थिक सहयोगमा तीन जिल्लाका सय जनाको सिमित कोटामा मात्रै महिलाको पाठेघरको शल्यकृया गरिने अस्पताल स्रोतले जनाएको हो ।

नारी वाटिका डट्कम संवाददाता

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस