आज:  | Fri, 26, Apr, 2024

आज रामनवमी । चैत्र शुक्ल पक्ष नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् श्रीरामको जन्मदिन

१६ चैत्र २०७९, बिहीबार ०८:४६ मा प्रकाशित ( १ साल अघि) ३२६ पाठक संख्या
नारी बाटिका


काठमाडौं, १६ चैत ।

आज रामनवमी । चैत्र शुक्ल पक्ष नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् श्रीरामको जन्मदिन । नेपालीहरुले व्रत,पुजा पाठ र भगवान रामचन्द्रको आरधाना गरी मनाइन्छ । हिजो चैतेदशैंको भोलीपल्ट तथा चैत महिनामा पर्ने विषेश गरी हिन्दुधर्मालम्वि हरुले मनाउने पर्व चैते दशैं का दिन नवदुर्गाको पूजा आराधना गरी देशभर मनाइएको हो । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजा आराधना गरी चैते दशैं मनाउने गरिन्छ ।

यस दिन देशका विभिन्न जिल्लामा अवस्थित शक्ति पीठ एवं देवीका मन्दिरहरुमा पूजा गर्ने भक्तजनको घुइँचो लाग्ने गर्दछ । वसन्तीय नवरात्रको आठौं दिन धुमधामका साथ देशभर चैतेदशैं पर्व मनाउने चलन रही आएको छ । यो शारदीय नवरात्रपछिको सबैभन्दा ठूलो पर्व हो । संस्कृति विदहरुका अनुसार मध्यकालीन नेपालमा चार किमिसका दशैं धुमधामका साथ मनाउने गरिन्थ्यो ।

यी दशैंहरू मध्ये अहिले प्रचलनमा शारदीय र वसन्तीय नवरात्र २ मात्र छन् । आषाढ शुक्लमा मनाइने ग्रीष्म कालीन नवरात्र र माघ शुक्लमा मनाइने शिशिर कालीन नवरात्र विलुप्त प्रायः छन् । तर यी सबै दशैंहरूको आ–आफ्नै विशेषताहरू छन् । यी ४ दशैंहरुमा पूजा गरिने देवीहरू एउटै भए पनि त्यसको विधि र प्रक्रिया भने फरक फरक रहेको संस्कृतिविद् हरु बताउने गर्दछन् ।

संस्कृर्ती विदका अनुसार राष्ट्रिय अभिलेखालयमा रहेका विभिन्न प्रमाणहरूको आधारमा मध्यकालमा चारवटै दशैं धुमधामका साथ मनाउने गरिएको साहित्यिक प्रमाणहरु पनि भेट्न सकिन्छ । ‘राष्ट्रिय अभिलेखालयमा रहेका पुष्पिका वाक्यहरूमा शारदीय नवरात्र, ग्रीष्म कालीन नवरात्र, वसन्तीय नवरात्र र शिशिर कालीन नवरात्र र त्यसक्रममा भएका विभिन्न गतिविधिको उल्लेख गरिएको पाइन्छ ।

यस प्रमाणले मध्यकालमा सर्वसाधारण मानिसहरुले समेत चारवटै दशैं मनाउने गरेको पुष्टी हुन्छ ।’ अहिले पनि सात्विक पञ्चबली मानेर कुभिण्डोलाई राँगाको प्रतीक, बिमिरोलाई बोकाको प्रतीक, उखुलाई कुखुराको प्रतीक, अदुवालाई हाँसको प्रतीक र मुलालाई भेँडाको प्रतीकको रूपमा देवीदूर्गालाई चढाउने प्रचलन रही आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस