आज:  | Sat, 20, Apr, 2024

नेपालको संविधानको धारा ७६ बमोजिम आज गठन भएको मन्त्रिपरिषद्

१७ चैत्र २०७९, शुक्रबार १९:५९ मा प्रकाशित ( १ साल अघि) १६७ पाठक संख्या
नारी बाटिका


काठमाण्डौ, १७ चैत सुक्रवार ।

मुलुकमा फेरी नयाँ मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा नयाँ मन्त्रिपरिषद् गठन गर्नु भएको छ ।

राष्ट्रपति पौडेलले गत पुस ११ गते गठित मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा नौ बमोजिम मन्त्रीको नियुक्ति, हेरफेर र कार्य विभाजन गर्नु भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनु भएको छ ।

१७ सदस्यीय रहेको नवगठित मन्त्रिपरिषद् बनेको छ । मन्त्रिपरिषद्ले पूर्णता पाउन बाँकी नै रहेको हुंदा प्रधानमन्त्री पुष्पकमल दाहालको जिम्मामा कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र, वन तथा वातावरण, युवा तथा खेलकुद, स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानी मन्त्रालय रहेको छ ।

त्येस्तै आजै गठित मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री एवं रक्षा मन्त्रीमा पूर्ण बहादुर खड्का र उपप्रधानमन्त्री एवं गृहमन्त्रीमा नारायणकाजी श्रेष्ठ रहनु भएको छ । यस्तै, कृषि तथा पशुपंक्षी विकास मन्त्रीमा डा बेदुराम भुसाल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा अशोक कुमार राई र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा शरतसिंह भण्डारीले जिम्मेवारी पाउनु भएको छ ।

यस्तै, अर्थमन्त्रीमा डा प्रकाश शरण महत, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा महिन्द्रराय यादव, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा शक्ति बहादुर बस्नेत, सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा रेखा शर्मा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा सुदन किराती, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा अमन लाल मोदीले जिम्मेवारी पाउनु भएको छ । सञ्चार मन्त्री शर्मा, पर्यटन मन्त्री किराती र सङ्घीय मामिला मन्त्री मोदी यस अघि नै मन्त्री बनीसक्नु भएको छ ।

यसै गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा प्रकाश ज्वाला, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा रञ्जिता श्रेष्ठ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा रमेश रिजाल, शहरी विकास मन्त्रीमा सीता गुरुङले जिम्मेवारी पाउनु भएको छ । यस्तै, संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्रीमा सुशिला सिर्पाली ठकुरी हुनु हुन्छ ।

राष्ट्रपति भवनमा सुक्रवार आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेल समक्ष नव नियुक्त उपप्रधानमन्त्री र मन्त्रीले नेपालको संविधानको धारा ८० बमोजिम आजे मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस