आज:  | Fri, 26, Apr, 2024

फेरी कोरोना त्रास बढ्न थाल्यो,आज एकै दिन १४२ जनामा संक्रमण

१७ चैत्र २०७९, शुक्रबार २०:१० मा प्रकाशित ( १ साल अघि) ३१४ पाठक संख्या
नारी बाटिका


धादिङ, १७ चैत्र सुक्रवार ।

फेरी कोरोना त्रास बढ्न थाल्यो,आज एकै दिन १४२ जनामा संक्रमण देखिएको छ । नेपालमा आज एकै दिन १४२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ७९ को नमुना परीक्षण गर्दा आज एकै दिनमा १४२ जनामा कोरोना संक्रमण देखिएको छ । आरटी पीसीआर विधिबाट ३८१ र एन्टिजेन विधिबाट ६९८ जनाको परीक्षण गरिएकामा १४२ जना संक्रमित भेटिएका हुन् । ती मध्ये आरटी पीसीआर विधिबाट ४४ र एन्टिजेन विधिबाट ९८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै आरटी पीसीआर विधिबाट मात्र गरिएको परीक्षणका आधारमा देशमा हाल सक्रिय संक्रमितको संख्या १६३ रहेको मन्त्रालयले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस