आज: २०८३ बैशाख २४, बिहिबार | Thu, 07, May, 2026

पूर्व न्यायाधीशको नेतृत्वमा मिटरब्याजी समस्या छानबिन समिति गठन

२०७९ चैत्र २१, मंगलबार मा प्रकाशित ( ३ साल अघि) १२४२४ पटक पढिएको
नारी बाटिका


काठमाडौं,  चैत  २१   मंगलवार।

पूर्व न्यायाधीशको नेतृत्वमा सरकारले मिटरब्याजी पीडितको समस्या समाधान गर्न छानबिन समिति गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।

निकै अघिदेखी आन्दोलनमा रहेका मिटरव्याजी पिडितहरुको मागलाई संवोधनका निमित्त सरकारले समस्या समाधान गर्नका लागि तीन सदस्यीय रहेको छानबिन समिति गठन गरेको सरकारकी प्रवक्ता एव्ं सञ्‍चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनु भएको छ ।

शर्माका अनुसार तीन सदस्यीय छानबिन समितिमा विशेष अदालतका पूर्व अध्यक्ष कार्कीको नेतृत्वमा नेपाल प्रहरीका पूर्व एआईजी उत्तम बहादुर सुवेदी र गणेशबाबु अर्याल रहेका छन् ।

छानविनको लागी जिम्मेवारी पाएका उक्त छानविन समितीले सम्वन्धित क्षेत्रमा अनुसन्धान र अध्ययन गरी प्रतिवेदन तयार पारी सरकारलाई बुझाउने भएको छ

 

भगवती उप्रेती

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस