आज:  | Wed, 08, May, 2024

धादिङबाट बालिका अपहरण गरि बलि चढाउन भारत पुर्रयाउने ७ जना गिरोह कारागार चलान

२२ चैत्र २०७९, बुधबार १५:३७ मा प्रकाशित ( १ साल अघि) ८०९ पाठक संख्या
नारी बाटिका


धादिङ— धादिङबाट बालिका अपहरण गरि बलि चढाउन भारत पुर्रयाउने ७ जना गिरोह कारागार चलान भएका छन्  । मानव बेचबिखन तथा ओसारपसार कसूरमा पक्राउ परेका ७ जना पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

धादिङ जिल्ला प्रहरी कार्यालयका अनुसार कारागार चलान हुनेहरुमा काठमाण्डौं कागेश्वरी मनहरा नगरपालिका वडा नं. ६ बस्ने बर्ष ३२ की कबिता बानियाँ (आचार्य), धादिङ त्रिपुरासुन्दरी वडा नं. ३ बस्ने बर्ष ३६ की गिता न्यौपाने, सोलुखुम्बुको नेचा सल्यान वडा नं. २ स्थायी घर भई हाल काठमाण्डौंको गंगबुमा डेरा गरी बस्ने बर्ष ३५ की कमला नेपाली रहेका छन् ।

यस्तै धादिङको त्रिपुरासुन्दरी वडा नं. ३ स्थायी घर भई धादिङवेशींको होटलमा कामगरी बस्ने बर्ष ३९ की कल्पना आले मगर, त्रिपुरासुन्दरी वडा नं. १ बस्ने बर्ष ३९ को कोपिल दमै, त्रिपुरासुन्दरी वडा नं. ३ बस्ने बर्ष ४४ को रुपेन्द्र अधिकारी र त्रिपुरासुन्दरी गाउँपालिका ३ बस्ने बर्ष २१ की अस्मिता नेपाली रहेका छन् ।

उक्त गिरोहले धादिङ बाट एक १६ वर्षिया वालिकालाई अपहरण गरि मलेखु हुँदै रुपन्देही जिल्लाको सुनौली नाका हुँदै भारतको पहाडगंजमा पु¥याएका थिए ।

कन्य केटिको वलि चढाएर पुजा गरे प्रसस्त पैसाहरु आँफै झर्छ भनी पैसाको प्रलोभनमा परि भारतीय मानव तस्करहरु सँग मिलेर वालिकालाई भारत सम्म पु¥याएका थिए ।

विभिन्न संघ संस्था,किङ ईन्डियासंगको सहकार्यमा नेपाल प्रहरी प्रधान कार्यालय मानव बेचबिखन ब्यूरो, काठमाण्डौं र जिल्ला प्रहरी कार्यालय धादिङको संयुक्त पहलमा भारतबाट पीडित वालिकालाई उद्धार गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%१%७%

प्रतिक्रिया दिनुहोस