आज:  | Fri, 29, Mar, 2024

धादिङ जिल्ला तेस्रो मेयरकप ब्याडमिण्टन पुरुष एकल तर्फको उपाधी प्रिन्स दाहाललाई

२६ चैत्र २०७९, आईतवार १७:४२ मा प्रकाशित ( ११ महिना अघि) २९७ पाठक संख्या
नारी बाटिका


धादिङ, २५ चैत आइतवार ।

धादिङ जिल्ला नीलकण्ठ नगरपालिकाको आयोजना र धादिङ जिल्ला ब्याडमिण्टन संघको व्यवस्थापनमा राष्ट्रिय तथा जिल्ला स्तरीय ब्याडमिण्टन प्रतियोगितामा सम्पन्न भएको छ । एपीएफमा आवद्ध नेपालका ब्याडमिण्टन खेलाडी मध्य कै चर्चामा रहेका प्रिन्स दाहालले प्रथम विजेता हात पारेका छन् ।

निलकण्ठ नगरपालिका प्रमुख एवं  राष्ट्रिय नगरपालिका महासंघका अध्यक्ष भिम प्रशाद ढुंगानाको अध्यक्षतामा धादिङबेसीमा शनिवार सम्पन्न भएको तेस्रो मेयर कप राष्ट्रिय तर्फको पुरुष एकलमा आर्मीका रुकेश महर्जनलाई पराजित गर्दै दाहाल प्रथम भएका हुन् । नीलकण्ठ नगरपालिकाको आयोजना तथा धादिङ जिल्ला ब्याडमिण्टन संघको व्यवस्थापनमा शनिवार सम्पन्न भएको राष्ट्रिय तथा जिल्ला स्तरीय ब्याडमिण्टन प्रतियोगितामा र्याङकिङ टप २० भन्दा माथि सहभागि गराईएको पुरुष डवल विधामा एपीएफका प्रनिश ठकुरी र सुजन थापा विजयी हुँदा आर्मीका प्रविण लिङथेप र राजुथापाको जोडी पराजित बनेको थियो ।

साथै प्रतियोगितामा विजयी टिमलाई निलकण्ठ नगरपालिकाका मेय भिम प्रसाद ढुङ्गानाले नगद सहित पुरस्कार वितरण गर्नु भएको थियो । उक्त ब्याडमिन्टन प्रतियोगिताका विजेताहरु, राष्ट्रिय पुरुष सिंगल तर्फ प्रथम ५१ हजार, दितिय ३४ हजार र तृतीय २० हजार, राष्ट्रिय महिला सिंगल तर्फ प्रथम ३५ हजार, दितिय २२ हजार र तृतीय १५ हजार, राष्ट्रिय यु १७ पुरुष सिंगल तर्फ प्रथम २५ हजार, दितिय १५ हजार र तृतीय १२ हजार, राष्ट्रिय यु १७ महिला सिंगल तर्फ प्रथम २५ हजार, दितिय १५ हजार र तृतीय १२ हजार, महिला डवल ९टप २० भन्दा बाहेक० प्रथम ४० हजार, दितिय २५ हजार र तृतीय १८ हजार पुरस्कार प्रदान गरिएको थियो ।

यस्तै राष्ट्रिय पुरुष डवल ४५ प्लस तर्फ प्रथम ३५ हजार, दितिय २२ हजार र तृतीय १५ हजार, राष्ट्रिय पुरुष डवल ५५ प्लस तर्फ प्रथम ३५ हजार, दितिय २२ हजार र तृतीय १५ हजार, राष्ट्रिय तर्फ खुल्ला निर्वाचित जनप्रतिनिधि स्तरीय पुरुष डवल तर्फ प्रथम ३५ हजार, दितिय २२ हजार र तृतीय १५ हजार, जिल्ला स्तरीय पुरुष डवल बी लेवल, राष्ट्रिय पुरुष तर्फ प्रथम ३० हजार, दितिय २० हजार र तृतीय १५ हजार पुरस्कार प्रदान गरिएको आयोजकले जानकारी गराएको छ ।

कार्यक्रमका सभा अध्यक्ष तथा नगरपालिका मासंघका अध्यक्ष समेत रहनु भएका भिम प्रशाद ढुंगानाबाट विजेता खेलाडीहरुलाई आगमी दिनमा झअ‍ै आफुलाई यस खेलमा अब्वल बनाई विश्व सामु नेपालको नाम राखी आमुलाई चिनाउन खेलमा सफलता मिल्दै जान सकोस भनी शुभकामना व्यक्त गर्नु भएको छ । उक्त समापन समारोहमा विभिनन सरकारी कार्यलयका प्रमुखहरु,संंघ संस्थाका प्रमुखहरु ,पत्रकार,आतिथ्थ्यता रहेको थियो भने राष्ट्रिय राष्ट्रिय तथा जिल्ला स्तरिय खेलाडीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस