आज:  | Sat, 18, May, 2024

नेपाल उद्योग बाणिज्य महासङ्घको २० औं अध्यक्षमा चन्द्र ढकाल निर्वाचित

१ बैशाख २०८०, शुक्रबार ०८:०४ मा प्रकाशित ( १ साल अघि) ३४१ पाठक संख्या
नारी बाटिका


काठमाडौँ २०८० वैशाख १ गते ।

नेपाल उद्योग बाणिज्य महासङ्घको २० औं अधिवेशनबाट चन्द्रप्रसाद ढकाल अध्यक्ष बनेका छन् । महासङ्घको ५७ औं साधारण सभा र निर्वाचन सकिए सँगै ढकाल २० औं अध्यक्ष बनेका हुन् । ढकाललाई महासङ्घका वर्तमान अध्यक्ष शेखर गोल्छाले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।

ढकाल २०७७ सालमा सम्पन्न भएको महासंघको चुनावबाट वरिष्ठ उपाध्यक्ष बन्नु भएको थियो । नेपाल उद्योग बाणिज्य महासङ्घको विधान अनुसार वरिष्ठ उपाध्यक्ष सर्वसंवत अध्यक्ष बन्ने प्रावधान अनुसार ढकाल बिहीबार बाट अध्यक्ष बनेका हुन् ।

अध्यक्ष पदको सपथ लिए सँगै ढकालले सर्वसम्मत रुपमा वरिष्ठ उपाध्यक्ष चुन्न ठूलो मेहनेत गर्नु परेको वताउनु भएको छ । यसका लागि लामो समयदेखि आफूले प्रयास गरेपनि आज सफल बनेको ढकालको भनाई रहेको छ । सर्वसम्मत नेतृत्व चुन्न गरेको प्रयासमा उमेश लाल श्रेष्ठको ठूलो योगदान रहेको वताउनु भयो ।

यो अभियानमा आफूलाई पूर्व अध्यक्षहरूले समेत साथ दिएको ढकालले स्मरण गर्दै,२० औं अध्यक्षका रुपमा आजदेखि कार्यभार सम्हाल्ने जिम्मेवारी आएको बताउँदै भावी दिनमा महासंघको छवि अझै उच्च बनाउने सो उद्घोष गर्नु भएको छ ।

महासंघको अध्यक्ष बनेपछि निजी क्षेत्रलाई सर्व साधारणले हेर्ने नजर बदल्ने उदघोष समेत ढकालले गर्नु भएको छ । यस्तै पछिल्लो समयमा विश्वमै आर्थिक मन्दी भएको अवस्था छ । यसलाई सुधार गर्न समेत आफूले अभियान थाल्ने ढकालको भनाई रहेको छ । साथै नेपालमा लगानीको वातावरण निर्माण गर्न पनि महासंघले पहल थाल्ने तथा साना व्यवसायलाई प्रवर्द्धन गर्न समेत भूमिका खेल्ने ढकालले बताउनु भयो ।

भगवती उप्रेती

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस