आज:  | Sat, 20, Apr, 2024

व्यक्तिगत घटना दर्ता सप्ताह आज देखि सुरु

१ बैशाख २०८०, शुक्रबार १९:४६ मा प्रकाशित ( १ साल अघि) ३३७ पाठक संख्या
नारी बाटिका


काठमाण्डौ ०१ वैशाख सुक्रवार ।

नेपाल सरकारले देशभर शुक्रबारबाट व्यक्तिगत घटना दर्ता गर्ने कार्यलाई सप्ताहको रुपमा सुरु गरेको छ । आज २०८० साल वैशाख १ गतेदेखि एक साता व्यक्तिगत घटना दर्ता सप्ताह चलाएको हो । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले व्यक्तिगत घटना समयमै दर्ता गराउन नागरिकमा जागरुक गराउन सप्ताह व्यापी अभियान सुरु गरेको हो ।

शुक्रवार देखि ७ वैशाख सम्म देशैभर व्यक्तिगत घटना दर्ता सप्ताह सञ्चालन भएको छ । जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँ सराइ जस्ता व्यक्तिगत घटना, घटना भएको ३५ दिनभित्र दर्ता गराउन विभागले सम्पुर्ण नागरिकलाई आग्रह पनि गरेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस