आज:  | Sat, 20, Apr, 2024

अन्तराष्ट्रिय धादिङ समाजद्धारा ढोला स्वास्थ्य चौकीमा निःशुल्क २ दिने विशेषज्ञ स्वास्थ्य शिविर हुने

४ बैशाख २०८०, सोमबार ०९:१७ मा प्रकाशित ( १ साल अघि) ३४८ पाठक संख्या
नारी बाटिका


धादिङ ,४ वैशाख शोमवार  ।

अन्तराष्ट्रिय धादिङ समाजको आयोजनामा बैशाख ८ र ९ मा ज्वालामुखी गाउँपालिकाको ढोला स्वास्थ्य चौकीमा निःशुल्क २ दिने विशेषज्ञ स्वास्थ्य शिविर हुने भएको छ । अन्तराष्ट्रिय धादिङ समाजको आयोजना तथा ज्वालामुखी गाउँपालिकाको संयोजनमा ढोला स्वास्थ्य चौकीमा बैशाख ८ र ९ गते सम्म सुरु हुने शिविरमा डेन्टल रोग विशेषज्ञ, महिला रोग विशेषज्ञ,छाला रोग विशेषज्ञ,जनरल सर्जन,जनरल फिजिसियन आदीको निःशुल्क सेवा प्रदान गरिने अन्तराष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुरालले जानकारी दिनु भएको छ ।

शिविर बिहान ९ बजेदेखी अपराह्न ५ बजे सम्म सन्चालन हुने हुँदा स्वास्थ्य समस्या भएका विषेश गरी ज्वालामुखी गाउँपालिकामा बसोबास गर्ने नागरिकहरुलाई सेवा लिनको लागि अन्तराष्ट्रिय धादिङ समाजले आग्रह समेत गरेको छ। यसअघि विभिन्न समयमा स्वास्थ्य शिविर हुने गरेको भएतापनि यस स्वास्थ्य शिविरमा हाम्रो शशिरमा लाग्ने विभिन्न रोगहरु मध्य ५ प्रकारको स्वास्थ्य समस्याको ५ जना स्वास्थ्य विशेषज्ञ डाक्टरले सेवा दिन लागिएकोले पनि अझै महत्वपुर्ण छ ।

साथै स्वास्थ्य समस्या भएका विषेश गरी महिलाहरुमा हुने पाठेघरको समस्या अझै जटिल र यसको समस्याले कयौं महिलाहरु घरेलु हिंसामा समेत पर्ने गरेका छन् । यस स्वास्थ्य शिविरमा महिला रोग विशेषज्ञ डाक्टरले महिलाको पाठेघरको चेक जाँच गरी समस्या समाधानको निमित्त उचित सल्लाह लिई पाठेघरको अप्रेशन,लगायतका उपचारको लागी उचित हस्पिटलको छनौट गर्न समेत जानकारी पाईने भएकोले पनि स्थानिय ठाउँमै हुन गैइरहेको निःशुल्क स्वास्थ्य शिविर भएकोबाट सेवा लिनको लागि सवै नागरिकमा आयोजक संस्था अन्तराष्ट्रिय धादिङ समाज तथा गाउँपालिकाले आग्रह समेत गरेको हो ।

साथै यस शिविर व्यवस्थापनको लागी ढोला स्वास्थ्यचौकी,नारी जागरण केन्द्र,त्यसैगरी जनमास सम्म जानकारी पुर्याउनको लागी निलकण्ठ एफ्एम, नारी वाटिका डट्कम , रेडियो धादिङ,संस्थागत तथा व्यक्तिगत रुपमा पनि सुजन श्रेष्ठ लगायतका व्यक्ति र मिडियाहरले प्रचाप्रसार व्यवस्थापनमा सहयोग पुर्याएका छन् ।

नारी वाटिका डट्कमका लागी
संवाददाता भगवती उप्रेती

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस