आज:  | Fri, 26, Apr, 2024

ओली निवास बालकोटमा प्रचण्ड,देउवा र सभामुख घिमिरेको वैठक

४ बैशाख २०८०, सोमबार १३:३५ मा प्रकाशित ( १ साल अघि) ३०१ पाठक संख्या
नारी बाटिका


काठमाडौं ४ वैशाख शोमवार ।

आज विहान ओली निवास बालकोटमा प्रचण्ड,देउवा र सभामुख घिमिरे सहितका प्रमुख तीन दलका शीर्ष नेताको बैठक सम्पन्न भएको छ।

केही समयदेखी संसदमा अड्किएको विधेयक लगायतको विषयमा छलफल गर्नको लागी नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख देवराज घिमिरे ओली निवास बालकोटमा पुग्नु भएको हो।

संसदमा अड्किएको विधेयक लगायतको विषयलाई छलफल गरी टुंगोमा पुर्याउन प्रमुख तीन दलका शीर्ष नेताहरुबिच छलफलमा जुटेका हुन्। बैठकमा सहभागी हुन सभामुख देवराज घिमिरे पनि बालकोट पुग्नु भएको थियो ।

आज बिहान ९ बजे शीर्ष नेताबीच छलफल हुने भनिएता पनि प्रचण्ड र देउवा भने एक घण्टा ढिला बालकोट पुग्नु भएको थियो।

उहाँहरु बालकोट गई ओलीको स्वास्थ्य लाभको कामना गर्ने र संसदमा अड्किएको विधेयक अगाडि बढाउने विषयमा छलफल गर्ने कार्य सूची अनुसार ओली निवास बालकोट जानु भएको प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिनु भयो।

भाइरल ज्वरोका कारण एमाले अध्यक्ष ओली तीन दिनदेखि बिरामी हुनु भएको छ । उहाँ हाल निवासमै उपचारको साथ गरी आराम गरिरहनु भएको छ।

ओलीको स्वास्थ्य समस्याका कारण तीन दिन यता शीर्ष नेताबीच संवाद हुन नसकेकाले आजको बैठकमा संवैधानिक परिषद सम्बन्धी विधेयक, सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अगाडि बढाउने विषयमा पनि छलफल भएको प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस