आज:  | Thu, 25, Apr, 2024

मालपोतका महा निर्देशक पद्म निधि सोतीलाई मन्त्री श्रेष्ठको ठाडो निर्देशन

४ बैशाख २०८०, सोमबार १९:३० मा प्रकाशित ( १ साल अघि) ३०९ पाठक संख्या
नारी बाटिका


वैशाख ४, काठमाण्डौ।

भूमि व्यवस्था, सहकारि तथा गरिबि निवारण मन्त्री रन्जिता श्रेष्ठले कास्की मालपोतको घटना बारे तत्काल छानबिन गरेर आफुलाई रिपोर्ट पेश गर्न’ ठाडो निर्देशन दिनु भएको छ । मालपोत कार्यालय कास्कीको कर्मचारीहरुले आर्थिक चलखेल गरि सेटिङमा काम गर्ने गरेको कुरा तत्काल छानविन गर्न निर्देशन दिनु भएको हो ।

आईतबार मन्त्रि श्रेष्ठले भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पद्म निधि सोतीलाई ठाडो निर्देशन दिनु भएको थियो । केही दिन अघि मात्रै मालपोत कार्यालय कास्कीका कर्मचारीहरुले आर्थिक चलखेल गरि सेटिङमा काम गर्ने गरेको एक टेलिभिजन कार्यक्रमबाट सार्वजनिक भएको थियो ।

सोही घटनाको बिषयमा थप सत्यतथ्य छानविन गरि विभागिय कारवाही गर्न मन्त्री श्रेष्ठले निर्देशन दिनु भएको हो ।‘मैले नेतृत्व गरेको मन्त्रालय अन्तरगत हुने कुनै पनि अनियमितता, भ्रष्ट्रचार र गलत कामलाई म नजरअन्दाज गर्न सक्दिँन ।

जसरी मालपोत कार्यालय कास्कीको भिडियो मिडिया र सामाजिक सन्जालमा भाइरल भईरहेको छ त्यस बिषयमा तत्काल छानविन गरि रिपोर्ट बुझाउनु होला’, मन्त्री श्रेष्ठले महानिर्देशकलाई टेलिफोन गरी भन्नु भएको हो ।

मन्त्री श्रेष्ठले कास्की मात्रै हैन् अन्य जिल्लाको मालपोत तथा नापी कार्यालयहरुको अबस्था र समस्याका बिषयमा अध्ययन गरि रिपोर्ट पेश गर्न निर्देशन दिनु भएको । मालपोत र नापी कार्यालयहरुमा सेटिङमा हुने अनियमितताको जालो आफ्नो नेतृत्वमा न्युनीकरण गर्ने उहाँले वताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस