आज:  | Thu, 25, Apr, 2024

धादिङ अस्पतालमा भएको निस्शुल्क मुटु रोग परिक्षण शिविरमा ११० जनाले सेवा लिए

१० बैशाख २०८०, आईतवार ०८:०६ मा प्रकाशित ( १ साल अघि) ३१८ पाठक संख्या
नारी बाटिका


धादिङ, १० बैशाख( आइतवार ।

धादिङ अस्पतालमा शनिबार भएको निस्शुल्क मुटु रोग स्वास्थ्य परिक्षण शिविरमा १ सय १० जनाले सेवा लिएका छन् ।पछिल्लो समयमा युवा वयस्शक, देखी वृद्ध वृद्धाहरुमा मुटु रोगको समस्या वढ्दै गएको छ । नेपालमा धेरै मानिसहरु यसको समस्याबाट ग्रसित भईरहेका छन् ।

साथै मुटु रोग सम्बन्धि समस्याहरु देखा परेका विरामीहरुका लागि सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको विशेषज्ञ टोलीले एकदिने शिविर संचालन गरेको हो । धादिङ अस्पतालको सहकार्यमा संचालन गरिएको शिविरमा ७५ जनाको ईको र ९० जनाको ईसिजि गरिएको थियो ।

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका डा.रबिन्द्र सिंखडाको नेतृत्वमा शिविर संचालन भएको धादिङ अस्पतालका सूचना अधिकारी डा. रामचन्द्र रिजालले जानकारी दिए । हरेक महिनाको पहिलो र तेस्रो शनिबार सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सहयोगमा धादिङ अस्पतालमा मुटु परिक्षण गरिने व्यवस्था गरिको जानकारी गराएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस