आज:  | Fri, 26, Apr, 2024

तनहुँ( १ मा स्वर्णिम वाग्ले दोब्बर मतको अग्रता,ः उनलाई पछ्याउँदै छन् काँग्रेसका गोविन्द भट्टराई

११ बैशाख २०८०, सोमबार ०८:४४ मा प्रकाशित ( १ साल अघि) ३८० पाठक संख्या
नारी बाटिका


काठमाडौं वैशाख ११ शोमवार ।

कांग्रेस पार्टी पत्यिाग गरी केही समय अघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका डा.स्वर्णिम वाग्लेले रास्वपा बाटै उपनिर्वाचनको तनहुँ १ मा चुनावी मैदानमा उत्रियपछी नेपाली काँग्रेसका उम्मेदवार प्रभावशाली नेता गोविन्द भट्टराई र एमालेका प्रहरी संगठनका पुर्व आइजिपी समेत भएका चर्चित उम्मेदवार शर्वेन्द्र खनाल भन्द्या उनि दोव्वर मतले अग्रता कायम गरिरहेका छन्।

आज विहान ६ः३० बजेसम्म गणना भएको करिब ७ हजार ५ सय मत गन्दा वाग्ले निकटम् प्रतिस्पर्धी कांग्रेस उम्मेदवार गोविन्द भट्टराई भन्दा दोब्बर भन्दा बढी मतले अगाडि रहेका हुन्। वाग्लेले ४३०३ मत ल्याउँदा भट्टराईले १९३३ मत प्राप्त गरेका छन्। त्यस्तै तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले ११९८ मत प्राप्त गरेका छन्।

सो समयसम्म भानु नगरपालिका वडा नम्बर ७, ८ र १०, आँबु खैरेनी गाउँपालिका वडा नम्बर १ र २ को मतगणना सकिएको छ । आइतबार भएको उपनिर्वाचनमा त्यहाँ ६३ हजार ७ सय ५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ। २ दिनभित्र अन्तिम मतपरिणाम सार्वजनिक गर्ने आयोगको तयारी अनुसार मत गणना भइरहेको छ।

तनहुँ १ बाट देशका ठुला दलका विभिन्न ९ राजनीतिक दलले उम्मेदवार चुनावी मैदानमा रहे पनि नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच मुख्य कडा प्रतिस्पर्धाका साथ निर्वाचन भएको थियो । त्यस्तै बारा(२ र चितवन(२ मा सम्पन्न भएको उप निर्वाचनमा भने सोमबार बिहान देखि मात्र मतगणना सुरु हुने निर्वाचन आयोगले जानकारी गराएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस