आज:  | Thu, 25, Apr, 2024

रवि लामिछानेलाई चितवन (२ मा भारी रुपमा३२ हजार ६१२ मतको अग्रता

१२ बैशाख २०८०, मंगलवार ०८:५५ मा प्रकाशित ( १ साल अघि) ३११ पाठक संख्या
नारी बाटिका


मंगलबार १२ वैशाख

चितवन — चितवन २ मा भएको उपनिर्वाचनमा हिजो शोमवार दिउँसो २ बजेदेखि सुरु भएको आज विहान ७ बजेसम्मको मत गणनाको परिणाम अनुसार भरतपुर महानगरपालिका र इच्छाकामना गाउँपालिकाको ५६ हजार ४९६ मत गणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने फराकिलो मतान्तरले अगाडि छन् ।

अब कालिका नगरपालिकाको २१ हजार ७८१ मत गणना गर्न बाँकी रहँदा लामिछाने निकटतम प्रतिस्पर्धी उम्मेदवार जीत नारायण श्रेष्ठ भन्दा ३२ हजार ६१२ मतान्तरले अगाडि रहेका हुन् ।

हालसम्म लामिछानेले ४० हजार ६९ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवारले ७ हजार ४५७ मत ल्याएका छन् । तेस्रो नम्बरमा रहेका एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेको ७ हजार २६८ मत आएको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का उम्मेदवार जीव लाल पुरीले भने झिनो रुपमा २८३ मत ल्याएका छन् ।

बारा र चितवनमा भने आज सोमबार विहान मात्रै मत गणना कार्य थालिएको थियो । निर्वाचन आयोगका अनुसार मंगलबार सम्ममा सबै क्षेत्रको अन्तिम मत गणनाको नतिजा सार्वजनिक गरिने तयारी भइ रहेको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस