आज:  | Thu, 18, Apr, 2024

रास्वपाका सभापति रवि लामिछाने चितवन क्षेत्र नं.२ बाट भारी मतान्तरले विजयी

१२ बैशाख २०८०, मंगलवार १८:४६ मा प्रकाशित ( ११ महिना अघि) २९० पाठक संख्या
नारी बाटिका


चितवन  वैशाख  १२ ।

वैशाख १० मा सम्पन्न भएको चितवन क्षेत्र नं। २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका रास्वपा सभापति रवि लामिछाने भारी मतान्तरले पुनः सोही क्षेत्रबाट विजयी हुनु भएको छ ।

मंसिर ४ को प्रतिनिधीसभाका सदस्यमा जित हाँशिल गरेका लामिछाने नागरित्ता प्रकरणमा विवादमा परेपछी उनको सांषद पद खारेज भएको थियो । उनले नेपालको नयाँ नागरित्ता लिएपछी सोही क्षेत्रबाट चुनावी मैदानमा उत्रिएका लामिछानेले ५४ हजार १७६ भारी मत प्राप्त गरेर विजयी हुनु भएको हो ।
उहाँका निकटतम् प्रतिस्पर्धी कांग्रेसका पुराना नेता जीत नारायण श्रेष्ठले ११ हजार २५१ मत प्राप्त गर्नु भयो । लामिछाने र श्रेष्ठको मतान्तर ४२हजार ९६२ रहेको छ ।

त्येसैगरी एमालेका उम्मेदवार राम प्रसाद न्यौपानेले १० हजार ९३५ मत प्राप्त गर्नु भएको थियो । यसअघि कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्ण भक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए ।लामिछानेले यसअघि गत मंसिर ४ गते ४९ हजार ३०० मत प्राप्त गर्नु भएको थियो ।

चितवन क्षेत्र नं। २ मा १० गते भएको निर्वाचनमा ७८ हजार २ सय ७७ मत खसेको थियो ।लामिछानेले ५४ हजार १७६ मत प्राप्त गरेर विजयी हुनुभएको हो । । उहाँका निकटतम् प्रतिस्पर्धी कांग्रेसका जीत नारायण श्रेष्ठले ११ हजार २५१ मत प्राप्त गर्नुभयो । लामिछाने र श्रेष्ठको मतान्तर ४२हजार ९६२ रहेको छ ।

एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत प्राप्त गर्नुभयो । यसअघि कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए । लामिछानेले यसअघि गत मंसिर ४ गते ४९ हजार ३०० मत प्राप्त गर्नुभएको थियो । चितवन क्षेत्र नं। २ मा १० गते भएको उपनिर्वाचनमा जम्मा ७८ हजार २ सय ७७ मत खसेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस