आज:  | Sat, 20, Apr, 2024

भलिबल प्रतियोगिताको उपाधी सिद्धलेक गाउँपालिकाले हात पार्यो

१३ बैशाख २०८०, बुधबार १३:४० मा प्रकाशित ( १२ महिना अघि) ३४७ पाठक संख्या
नारी बाटिका


धादिङ,१३ बैशाख ।

भलिबल प्रतियोगिताको उपाधी धादिङको सिद्धलेक गाउँपालिकाले हात पारेको छ । नुवाकोटमा सम्पन्न भएको खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी धादिङको सिद्धलेक गाउँपालिकाले जितेको हो ।

नुवाकोटको म्यागङ गाउँपालिका –५ सामरीमा जारी नुवाकोट, रसुवा र धादिङ तीन जिल्लाको अन्तरपालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी धादिङको सिद्धलेक गाउँपालिकाले जितेको हो ।

सिद्धलेक गाउँपालिकाले उपाधी रक्षा गरेसँगै नगद २ लाख राशीको पुरस्कार समेत जितेको छ । त्येस्तै प्रतियोगितामा पन्चकन्या गाउँपालिका नुवाकोट, किस्पाङ गाउँपालिका नुवाकोट र क्वाटर फाइनलमा नौकुण्ड गाउँपालिका रसुवालाई र सेमिफाईनलमा धादिङ कै खनियाबास गाउँपालिकालाई र फाईनलमा नुवाकोटको तादीलाई पराजित गरेको थियो ।

प्रतियोगितामा तादी टिम दोस्रो भएको छ भने धादिङकै खनियाबास गाउँपालिका खेलाडीका टिमले नै तेस्रो स्थान समेत हाँसिल गरेको छ । दोस्रो हुने टिमले नगद १ लाख,तेस्रो हुने टिमले नगद ५० हजार हात पार्न सफल भएको छ ।

आफ्ना खेलडाीहरुलाई हौसला दिनको लागि सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा र खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ खेल भएको स्थान नुवाकोटमै पुगी खुशी व्यक्त गर्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस