आज:  | Thu, 18, Apr, 2024

आजपनि कोरोना भाइरसले एक जनाको ज्यान गयो, एक सय ११ जना नयाँ सङ्क्रमित थपिए

१४ बैशाख २०८०, बिहीबार १९:४२ मा प्रकाशित ( ११ महिना अघि) २९८ पाठक संख्या
नारी बाटिका


काठमाडौँ — वैशाख  १४ ।

आजपनि कोरोना भाइरसले एक जनाको ज्यान गयो, २४ घण्टामा थप १ को कोभिड संक्रमणबाट मृत्यु भएको छ । बुधबार पनि एक जनाको मृत्यु भएको थियो । १ हजार ४० पीसीआर र १ हजार ४७७ एन्टिजेन गरी कुल २ हजार ५१७ जनामा नमुना परीक्षण गर्दा १११ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीका अनुसार आज एक कोरोना सङ्क्रमितको मृत्यु भएको हो । आज मात्रै एक सय ११ जना नयाँ सङ्क्रमित थपिएका छन् । दुई हजार पाँच सय १७ नमूना परीक्षणबाट एक सय ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

काठमाडौँ उपत्यकामा अहिले कोरोना सङ्क्रमितको सङ्ख्या तीन सय ७८, संस्थागत आइसोलेसनमा १८ र सघन उपचार कक्षमा छ बिरामी रहेका छन् । यस्तै भेन्टिलेटरमा एक बिरामी उपचारत छन् ।

परिवार कल्याण महाशाखा अन्र्तगतको बाल स्वास्थ्य तथा खोपसेवा शाखाका प्रमुख डा अभियान गौतमका अनुसार देशभर कोरोना विरुद्धको खोप लगाउनेको सङ्ख्या समेत बढ्न थालेको छ । उहाँले खोप लगाउन छुटेका व्यक्तिलाई केन्द्रमा राखेर खोप अभियान सञ्चालन भइरहेको जनाउँनु भएको छ ।

त्येस्तै कोरोना भाइरसलाई हल्का रुपमा नलिनु हुन र नजिकैको स्वास्थ्य केन्द्रबाट छुटेका सबै नागरिक लाई पहिलो, दोस्रो र बुस्टर खोप समेत लगाउनको आग्रह समेत गर्नु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस