आज:  | Thu, 28, Mar, 2024

नारी जागरण केन्द्र धादिङ्रको प्राविधिका सहयोगमा सहकारीका नेतृत्व तहमा क्षमता विकास तालिम

१८ बैशाख २०८०, सोमबार २०:३७ मा प्रकाशित ( ११ महिना अघि) २९७ पाठक संख्या
नारी बाटिका



धादिङ १८ वैशाख ।

लामो समयदेखी सामुदायिक बिकासमा भौतिक निर्माण,,कृषी र किसानीका सवालमा सिंचाई,खानेपानी,लैंगिक हिंसा विरुद्ध लगायतका क्षेत्रमा काम गर्दै समुदाय स्तरमा निर्माण गरिएका पालिका का समुहहरुलाई दिगो विकासमा सहयोग पुर्याउनका निमित्त सहकारीमा परिणत गरी महिला बालबालिकाका सवालमा काम गर्दै आएको नारी जागरण केन्द्र धादिङ्रको प्राविधिका सहयोगमा आफुले निर्माण गरेका सहकारी संस्थाहरु पारदर्शी र व्यवस्थित रुपमा सदस्य सेवामुखी तवरमा संन्चालन होस् भन्ने मुख्य उदेस्यका साथ तालिम संन्चालन गरेको हो ।

नारी विकास सहकारी संस्थाको आयोजनामा क्षमता विकास तालिम सम्पन्न भएको छ । पछिल्लो समयमा देशका केही सहकारी संस्था मा आपद्ध केही व्यक्तिहरुले नियम विपरित कार्यहरु गर्ने गरेको र केही समुदायका व्यक्तिहरुले चारतिर सहकारी,वित्तिय संस्था र बैंकहरुमा आवद्ध हुने र जताततैबाट ऋण लिई समयमा नतिर्ने,जस्ता निकै समस्या देखा परिरहेकोले संस्थामा यस्था विषयमा सचेत गराउनका लागी तालिमको आयोजना गरिएको नारी विकास सहकारी संस्थाले जनाएको छ ।

यस्तै जिम्मेवारी वहन,ईमान्दारिता, पारदर्शिता, आजको मुख्य आवास्यकता भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै,नारी जागरण केन्द्र को प्राविधिक सहयोगमा नारी विकास बचत तथा ऋण सहकारी संस्थाको संन्चालक समिति,लेखा समिती ,शिक्षा उप समिति, ऋण उप समिति, कर्जा अशुली समिती,कर्मचारी लगायत संयोजक तथा सदस्य हरुको सहभागी रहेको थियो ।

आज विश्व अन्तर्राष्ट्रिय मजदुर दिवशको अवसर पारी संस्थाका विभिन्न समिती उपसमिती पदाधिकारीहरले आफ्नो समय सामाजिक कायृमा लगाई मनलाई आनन्दीत तुल्याउने सत्तेकर्म गरी सदस्य र समाजको हितमा निसुल्क सेवाको काम गर्ने साथै केही सुविधा तथा पारिश्रमिक पाई काम गर्ने कर्मचारीहरुले आफु जहाँ जुन ठाउँमा मजदुरी गरिन्छ त्यहाँ इमान्दारिता र पारदर्शिता कायम राखी रोजगारीलाई महत्व दिएर काम गर्न प्रोत्साहन मिलोस भन्ने उदेस्यले आज वैशाख १८ गतेका दिन नारी सुरक्षा आवास मा १ दिने तालिम को आयोजना गरिएको हो ।

उल्लेख तालिम कार्यक्रममा सहकारीका संन्चालक सदस्य,विभिन्न उप समिती र कर्मचारीहरुको लागी सहकारी विभागले केही समय अघि जारी गरेको कोपोमिस प्रणाली,सहकारीका नियम कानुनको दायरामा रहेर व्यवस्थित रुपमा सहकारी संन्चालन गर्नको लागी पदाधिकारी र कर्मचारीको भुमिका को विषयमा क्षमता विकास गराउने उद्येस्यले तालिमको आयोजना गरिएको थियो ।

उत्त तालिममा समितीको नेतृत्व तहका ३७ जना सदस्यको सहभागिता रहेको थियो भने ताविमको सहजीकरण संस्थाका अध्यक्ष भगवती उप्रेतीले गर्नु भएको थियो ।सस्थाका जिम्मेवार पक्षहरुमा इमान्दारिता,पारदर्शिता,जिम्मेवारी वहन गर्नु आजको मुख्य आवश्यकता हो भन्ने विषयमा आत्मसाथ गरी संस्थाका कर्मचारी र नेतृत्व तहका लागी क्ष्मता विकास तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

पछिल्लो समयमा सहकारीका शेयर सदस्यहरु ऋण लाने र तिर्नै समय आएपछी सम्पर्क विहिन हुने प्रचलन बढ्दै गएकोले ऋण लगानीमा समस्या , अशुलीमा चुनौता रहेकोले पनि यता तर्फ ध्यान केन्द्रित भई सहकारी का कारोवार संन्चालन गर्नु पर्ने विषयमा कार्यलयका ब्यवस्थापक र प्रमुख कर्मचारीहरुलाई क्षमता विकास सम्वन्धि प्रस्तुतीकरण गरिएको थियो । उक्त तालिममा सहकारीका संन्चालक समिती सदस्यहरु, लगायतका सन्चालक सदस्यहरुको सहभागिता रहेको थियो ।

यस्तै केन्द्रले नारी विकास सहकारी संस्था अन्तर्रगत ऋण उपसमितीका  नारी जागरण केन्द्र र सहकारीका कर्मचारीहरुको सहभागिता रहेको थियो ।यसैगरी प्रत्येक वर्ष वार्षिक योजना निर्माण गरी कार्यसमिती,उपसमिती,कर्मचारीहरु,समुदायका समुहहरुलाई सहभागी गराई तालिम,गोष्ठी,अभिमुखीकरण,भ्रमण तथा क्षमता मुलक कार्यक्रम सयुक्त रुपमा गर्दै आईरहेको  छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस