आज:  | Thu, 28, Mar, 2024

धादिङको धुनिबेँसी नगरपालिका सिमानाको पुल भासिदा अवरुद्ध रहेको पृथ्वी राजमार्ग एकतर्फी रुपमा सुचारु भयो ः साथमा तस्विर

१९ बैशाख २०८०, मंगलवार १३:४८ मा प्रकाशित ( ११ महिना अघि) १७८ पाठक संख्या
नारी बाटिका


धादिङ १९ वैशाख ।

धादिङ जिल्लाको धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिकाको सिमानामा पर्ने गणेश खोलाको मोटरेबल पुल दुवै तर्फ खाल्डो परी भासिदा हिजो देखी अवरुद्ध रहेको धार्के स्थित पृथ्वी राजमार्ग सडकखण्ड एकतर्फी रुपमा सुचारु भएको छ ।

वैशाख १८ मध्यान्न देखी परेको वर्षाले पुलको दुवैतर्फ भासिएपछि बेलुकी ४ बजेदेखि अवरुद्ध भएको सडक खण्डको अवस्थाले यात्रुहरुले सास्ती बेहर्नु परेको थियो । अहिले भर्खरै भासिएको उक्त पुलको छेउमा ग्याविन जालीमा ढुङ्गा हालेर अस्थायी रुपमा सडक खुलाइएकोले एकातर्फी रुपमा भएपनि यातायात संन्चालन हुन थालेको हो ।

पुल भासिए लगतै हिजैदेखि नेपाली सेना,नेपाल प्रहरी,स्थानियवासी र यात्रुहरुको सहयोगमा निरन्तर रुपमा मर्मत कार्य भएकोले आज विहान करिव १० बजेबाट राजधानी जाने एकतर्फी रुपमा भनेपनि यातायात सुचारु गर्न सकीएको ट्राफिक प्रहरी कार्यलय खाने खोलाले बताइएको छ ।

साना गाडीहरुले बैकल्पिक सडक प्रयोग गरी यात्रा गरेका भएतापनि ठुला गाडीहरु पास हुन नसक्दा राजमार्गको जाम आदामघाट सम्म आईपुगेको थियो एकतर्फी रुपमा सडक सुचारु भएपनि राजमार्गमा भएको सवारी चापले सवारी आवागमनमा सहजता हुन अझै समय लाग्ने राजमार्ग स्थित ट्राफिक प्रहरीले बताएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस