आज:  | Thu, 18, Apr, 2024

पृथ्वी राजमार्गमा गणेशखोलाको पुल फेरी भासिदा सडक पुन अवरुद्ध

२० बैशाख २०८०, बुधबार १९:४१ मा प्रकाशित ( ११ महिना अघि) २४८ पाठक संख्या
नारी बाटिका


धादिङ वैशाख २०

धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिकाको सिमानामा रहेको गणेश खोलाको मोटरेबल पुल फेरी भासिए पछि पुनःसडक अवरुद्ध हुंदा काठमाण्डौ भित्रने र काठमाण्डौ बाट बाहिर जाने यातायात सेवा ठप्प भएको छ ।विगत ३ दिन अगाडी मध्यान्न तिर परेको वर्षाले पुलको दुवै तर्फ भासिदा धादिङको धाक्रे स्थित पृथ्वी राजमार्ग पुन अवरुद्ध भएको थियो ।

दोस्रो दिन हिजो बिहान १० बजे देखि अस्थायी रुपमा संचालन गरी एकतर्फी सडक सुचारु गरेपनि आज पुन पुलमा ठुलो र गहिरो भ्वाङ परी समस्या आएपछि राजमार्ग पुरै अवरुद्ध भएको हो । बैशाख १८ गतेको बर्षातले पुल भासिएपछि राजमार्गमा आवागमन गर्ने यात्रुहरुले सास्ती बेहर्नु परेको छ ।

नेपालको धेरै जिल्ला समेटेको धादिङ जिल्लामा पर्ने पृथ्वी राजमार्ग सडक खण्डमा समस्या आउदा पूर्व पश्चिमबाट काठमाण्डौ भित्रने र काठमाण्डौबाट बाहिरिने गाडीले हेटौंडा काठमाण्डौ र काठमाण्डौ नुवाकोट गल्छीको बाटोलाई पनि वैकल्पिक बाटोको रुपमा प्रयोग गर्न सकिने छ ।

यस्तै गरीि वेला वखतमा कुनै कारणले यस सडक खण्डमा समस्या आउँदा सडकको दुरी लामो हुने भएता पनि यात्रुहरुले धादिङ, नुवाकोट, र रसुवाबाट काठमाण्डौ भित्रने र बाहिरिनेले नुवाकोटको त्रिशूलीबाट छहरे–ढिकुरेको सडक प्रयोग गर्न सक्ने छन् ।

यस्तै, पूर्व पश्चिमबाट काठमाण्डौ आउजाउ गर्नेले हेटौंडा हुँदै दामन–पालुङबाट नौबिसे निस्कने बाटो पनि प्रयोग गर्न सक्नेछन् । सडक सुचारु गर्न पुन तयारी थालिएकोे छ तर सिमसिम वर्षा परिरहेको कारणले पनि उक्त पुल पुर्ण रुपमा प्रयोगमा आउन समय लाग्न सक्ने संभावना रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस