आज:  | Tue, 23, Apr, 2024

नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा सन्दीप रायमाझीलाई तीन दिन हिरासतमा

२१ बैशाख २०८०, बिहीबार १९:५५ मा प्रकाशित ( ११ महिना अघि) २२० पाठक संख्या
नारी बाटिका


काठमाण्डौ २१ वैशाख

नेपालीलाई अमेरिका पठाउने भनी नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा सन्दीपलाई तीन दिनको हिरासतमा राख्न जिलला अदालत काठमाडौँले अनुमती दिएको छ । नक्कली भुटानी शरणार्थी बनायर नेपालीलाई अमेरिका पठाउने कार्यमा संलग्नता भएको आरोपमा पक्राउ परेका सन्दीप रायमाझी लाई जिल्ला अदालत काठमाडौँले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

नेपालीलाई भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा सन्दीपलाई प्रहरीले गएराति बुटवलबाट पक्राउ गरी आज जिल्ला अदालत काठमाडौँमा म्याद थपका लागि पेस गरेको थियो ।

नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी हुन् । सन्दीप सहित उक्त प्रकरणमा अन्य आठ जना पक्राउ परिसकेका छन् । त्येसैगरी राज्यको पहुँचवाला अर्का ठुलै माछा पूर्व गृह सचिव तथा उपराष्ट्रपति कार्यालयका सचिव टेक नारायण पाण्डे पनि हिजै पक्राउ परिसकेका छन् ।

उहाँमाथि पनि थप अनुसन्धान चलिरहेको छ । केही समय अघिदेखी अमेरिका पठाउने भन्दै धेरै नेपालीलाई भुटानी शरणार्थी बनाएका मध्य एक बावुछोराले आफुहरु ठगिएको चाल पायपछी यो कुरा प्रहरी समक्ष आएको थियो ।

पिडितहरुले आफु ठगिएको जानकारी पाइ निकै पहिले नै प्रहरी समक्ष उजुरी दिइ सकेका भएतापनि ठुला र पहुँचवाला विरुद्धको केस भएकाले प्रहरीले यस केसलाई अगाडी बढाउन सकिरहेको थिएन  ।

अव पछिल्लो अनुसन्धानमा भने यदी कसुर गरेको ठहरिएमा कानुनले कसैलाई नछाड्ने र यस घटनामा थप अन्य पहुँचवाला राज्यको माथिल्ले तहमा रहेका व्यक्तिहरु पनि तानिन सक्ने उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस