आज:  | Thu, 28, Mar, 2024

आज २५६७ औँ बुद्ध जयन्ती विभिन्न कार्यक्रमका साथ मनाइँदै

२२ बैशाख २०८०, शुक्रबार ०८:११ मा प्रकाशित ( १0 महिना अघि) २७४ पाठक संख्या
नारी बाटिका


रुपन्देही २२ सुक्रवार

आज विभिन्न कार्यक्रमका साथ २५६७ औँ बुद्ध जयन्ती मनाइँदै छ । शान्तिका अग्रदूत गौतमबुद्धको पूजा आराधना गरि मनाइँन लागिएको हो । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाउने गरिन्छ। भगवान विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमलाई विष्णुको अवतारका रुपमा वौद धर्मावलम्वीहरुले वुद्धका मठमन्दिर,गुम्वाहरुमा पूजा आरधाना गरी मनाउने गरिन्छ।

भगवान सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको स्मरण स्वरुप आज बुद्ध जयन्ती मनाउने प्रचलन रहि आएको छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै दिन परेकोले यस दिनलाई विश्वका बौद्ध धर्मावलम्वीहरुले बुद्ध प्रति भावपूर्ण श्रद्धासुमन अर्पण गरेर बुद्ध जयन्ती मनाउने गर्दछन् ।

आज बुद्धको जन्मभूमि लुम्बिनीमा ठूलो मेला लाग्ने गर्दछ । बुद्ध जन्मस्थलमा आज बुद्ध जयन्तीको अवसरमा पूजा आरधनाका लागि भारतीय धर्मावलम्वीहरु पनि नेपाल आउँदैछन् भने नेपालका उच्चपदस्थ अधिकारीहरु, पनि लुम्बिनीमा हुने कार्यक्रममा सहभागी हुदैछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस