आज:  | Sat, 20, Apr, 2024

नेपाल सरकारका वहालवाला सचिव टेक नारायण पाण्डेलाई पनि पक्राउ

२२ बैशाख २०८०, शुक्रबार १२:४६ मा प्रकाशित ( ११ महिना अघि) २९० पाठक संख्या
नारी बाटिका


काठमाण्डौ वैशाख २२ सुक्रवार

नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाएको घटनामा नेपाल सरकारका वहालवाला सचिव टेकनारायण पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको घटनामा उनिलाई पक्राउ गरेको काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिनु भएको छ । ज्ञवालीका अनसार उहाँलाई सामान्य सोधपुछका लागि पक्राउ गरिएको बताउनु भयो ।

नक्कली कागजात बनाई नेपालीलाई अमेरिका पठाउन सहयोग गरेको आरोप लागेका सचिव पाण्डे अहिले उपराष्ट्रपति कार्यालयको सचिव हुनु हुन्छ । उहाँ यस अघि गृह मन्त्रालयको समेत सचिव भइसक्नु भएको छ । पाण्डे गृह मन्त्रालयकै सचिव भएको समयमा उक्त काम भएको कुरा पिडितहरुले बताउदै आएका छन् ।

उहाँलाई पक्राउ गर्न प्रहरीले मङ्गलवार जिल्ला अदालत काठमाण्डौ बाट पक्राउ पुर्जी जारी गरेको थियो । प्रहरीका अनुसार आफु पावरफुल गृह मन्त्रालय जस्तो सचिव पाण्डे गृह सचिव भएकै बेला नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने गिरोहसँग लेनदेन गर्ने कार्यमा सक्रिय भएको अनुमान छ ।

यसै घटनामा प्रहरीले अस्ति पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई समेत पक्राउ गरेको थियो । नेपालमा पछिल्लो समयमा नेपालमा एक पछी अर्को गर्दै देशका माथिल्लो ओहदामा भएकाहरु ठगी,घुसखोरी तथा अपराधिक गतिविधीमा संलग्न भई काम गर्ने गरेको घटनाहरु धमाधम वाहिर आउन थालेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस