आज:  | Fri, 26, Apr, 2024

आफुमा भएको कमी कमजोरी संच्याउदै पार्टी सुदृढीकरण तर्फ लाग्नु पर्ने ः महाँमन्त्रि गगन कुमार थापा

२४ बैशाख २०८०, आईतवार १०:५२ मा प्रकाशित ( ११ महिना अघि) ३२७ पाठक संख्या
नारी बाटिका


धादिङ २४ वैशाख

जनप्रिय एव्ं नेपाली काँग्रेसका युवा नेता माहाँमन्त्रि गगन कुमार थापाले अब नेपाली काँग्रेसका जिल्लादेखी केन्द्र सम्मका नेताहरुले आफुमा भएको कमी कमजोरी संच्याउदै पार्टी सुदृढीकरण तर्फ लाग्नु पर्ने वताउनु भएको छ ।

विगत १४ महिना अगाडी सम्पन्न पार्टीको १४ औं माधिवेशन पछिको यो पहिलो क्षेत्रिय सम्मेलनमा पछिल्लो समयमा नेपालका ठुला दलका नेतादेखी कार्यकर्ता सम्म आफु आफुमा घमण्ड र पार्टीको मुल्य मान्यताको वेवास्ता गरी देश र जनताको लागी भन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थका निमित्त सक्रिय हुने गरेकाले पार्टीभित्र समस्या देखा परेको चिन्ता व्यक्त गर्नु भएको थियो ।

त्येसैगरी महाँमन्त्रि गगन कुमार थापाले यतिवेला नेपालका ठुला दलहरुमा ईमान्दारिता,जिम्मेवारी वहन देश र जनताप्रति लक्षित हनु भन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थ र हितका निमित्त तँछाड मछाड गरी सत्तामा जाने प्रवृती देखिएको वेला देशका सवैभन्दा पुरानो ठुलो नेपाली काँग्रेस पार्टीले आफुमा भएको कमी कमजोरी संच्याउदै पार्टी सुढृडीकरण गरी देश र जनताको हितमा काम गर्नु पर्ने वताउनु भएको हो ।

त्येसैगरी महाँमन्त्रि थापाले जिल्लादेखी केन्द्रिय स्तरका नेताहरुले अब आफुलाई म. म.भन्दै आफुमा भएको कमी कमजोरी संच्याउदै पार्टी सुढृडीकरण तर्फ लाग्नु पर्ने सुझाव दिनु भएको हो । त्येस्तै पार्टी सम्मेलनलाई संवोधन गर्नु हुदै नक्कली भुटानी शरणार्थी बनाएर ठगि गर्ने उच्च ओहोदाको व्यक्ति भएपनि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ।

साथै क्षेत्रिय सभापती राकेश धमलाको अध्यक्षतामा सम्पन्न भएको नेपाली काँग्रेस क्षेत्र नं. २ धादिङद्धारा आयोजित उक्त सम्मेलनका प्रमुख अतिथि रहनु भएका थापाले जनताको मतबाट जितेर गएका नेताहरुले देश र जनताको हित विपरित काम गर्ने छुट कसैलाई नभएको भन्दै थापाले अहिले गृह प्रशासनको कार्यको प्रशंसा गर्दै नक्कली भुटानी शरणार्थी बनाउने कार्य घटना मात्र नभई प्रवृत्ति पनि भएको उल्लेख गर्नु भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस