आज:  | Wed, 24, Apr, 2024

प्रतिनिधिसभाको बैठकमा अर्धनग्न भएर विरोध

२५ बैशाख २०८०, सोमबार १४:२३ मा प्रकाशित ( ११ महिना अघि) ५५४ पाठक संख्या
नारी बाटिका


काठमाण्डौ  २५ वैशाख

आजको प्रतिनिधिसभाको बैठकमा एकजना सांसदले अर्धनग्न भएर विरोध गरेका छन्। आकस्मिक समयमा बोल्न नदिएको भन्दै सांसद अमरेश कुमार सिंहले  आफ्ना शरिरमा लगाएको लुगा फुकालेर अर्धनग्न भइ विरोध गरेका हुन् ।

बैठक हुनु अघि सभामुख देवराज घिमिरेले बैठकको सुरुमै आज आकस्मिक समय नरहेको र सिधै कार्य सूचीमा प्रवेश गर्ने बताउनु भएको थियो । केही सांसदहरूले बैठकमा उभिएर त्यसको विरोध जनाएका थिए ।

सांसद सिंहले पनि आकस्मिक समयमा बोल्न पाउनु पर्ने भन्दै सभामुखलाई आग्रह गरेका थिए । तर सभामुख घिमिरेले उहाँलाई बोल्ने समय उपलब्ध नगराएकाले बस्न भन्नु भएको थियो । तर सांसद सिंहले आफूले लगाएको सर्ट फुकालेर विरोध जनाएका हुन्।

सांसद सिंहले संसद्को मर्यादा विपरीत क्रियाकलाप गरेको भन्दै सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को निमय ३० अनुसार पटक पटक चेतावनी दिनु भएपछि सांसद सिंह आफ्नो स्थानमा बसेका थिए ।

आजको बैठकको शून्य समयमा बोल्नु हुँदै सांसद अच्युत प्रसाद मैनालीले यस्तो क्रियाकलाप संसदीय अभ्यास विपरीत रहेको धारणा राख्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस