आज:  | Tue, 23, Apr, 2024

आजदेखि कक्षा १२ को परीक्षा संन्चालन हुंदै

२६ बैशाख २०८०, मंगलवार ०७:४७ मा प्रकाशित ( ११ महिना अघि) ३५७ पाठक संख्या
नारी बाटिका


काठमाडौं २६ वैशाख ।

आज मंगलबार देखि कक्षा १२ को परीक्षा हुने भएको छ । परीक्षा अहिले बिहान ८ बजेदेखि ११ बजे सम्म हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
पहिलो दिन आज मंगलबार नयाँ पाठ्यक्रम तर्फ अनिवार्य अंग्रेजी, संस्कृत रचना, बौद्ध शिक्षा र उर्दू भाषा तथा साहित्यको परीक्षा हुने भएको छ। यस्तै पुरानो पाठ्यक्रम तर्फ अनिवार्य वैकल्पिक संस्कृत रचनाको परीक्षा पनि हुने भएको छ।

राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले परिक्षाका लागी सवै तयारी पूरा भएकाले परीक्षामा सहभागी हुन सम्पुर्ण परीक्षार्थीलाई आह्वान गर्नु भएको छ । यो वर्ष देशभरबाट चार लाख ६७ हजार ३८९ विद्यार्थीले परीक्षा दिने भएका बोर्डले जानकारी दिएको हो । यस परिक्षाका लागि देशभरमा एक हजार ४५७ परीक्षा केन्द्र निर्धारण गरिएको जनाएको छ।

यस्तै यसवर्ष ५६ हजार भन्दा बढी विद्यार्थीहरु ग्रेड वृद्धि परीक्षामा सहभागी हुने भएका छन्। विद्यार्थीहरूले जति विषयमा कम नम्बर आएको थियो, त्यही विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिनु पर्नेछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधन गरेसँगै अब ‘नन ग्रेडेड’ ल्याएका विषयको मात्रै परीक्षा दिए हुने ब्यवस्था गरिएको हो।

पहिलेको लेटर ग्रेडिङ प्रणाली अनुसार दुई भन्दा बढी विषयमा नन ग्रेडेड ल्याएका विद्यार्थीहरुले पूरै विषयको परीक्षा दिनु पर्ने भन्ने ब्यवस्था गरिएको थियो। त्यसै कारणले पनि गत वर्ष भएको ग्रेड वृद्धि परीक्षामा विद्यार्थीको सहभागिता घटेर ‘ड्रप आउट’ हुने सम्भावना धेरै भएपछि यसै वर्ष मन्त्रालयले निर्देशिका संशोधन गरेको हो। साथै यस कक्षा १२ को परीक्षा वैशाख २६ मंगलवार देखी २०८० जेठ ५ गते सम्म हुनेछ ।

नारी वाटिका डटकम समाचारका लागी
संवाददाता भगवती उप्रेती

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस