आज:  | Fri, 19, Apr, 2024

पार्टीभित्रको असन्तुष्टिलाई पोख्न देउवाविरुद्ध प्रतिरोध गर्ने निष्कर्षमा ः महामन्त्री गगन थापा

२६ बैशाख २०८०, मंगलवार ०९:०९ मा प्रकाशित ( ११ महिना अघि) ३६६ पाठक संख्या
नारी बाटिका


काठमाण्डो २६ वैशाख

पार्टीभित्रको असन्तुष्टिलाई पोख्न सभापती देउवा विरुद्ध प्रतिरोध गर्ने महामन्त्री गगन थापा निष्कर्षमा पुगेको बुभिःएको छ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा पार्टी भित्रको विवाद वा असन्तुष्टि,पार्टीभित्र उकुस मुकुस अवस्थामा रहेको उल्लेख गर्दै, आइतबार सामाजिक सञ्जाल मार्फत आक्रोश पोख्नु भएको थियो । त्येस्तै पछिल्लो समयमा कतिपयले आफुभित्र भएको असन्तुष्टि,लाई पोख्ने माध्यम सामाजिक सञ्जाललाई प्राय बनाउँने गरेका छन् ।

त्यसैगरी महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मा निकटका नेताहरुका अनुसार सभापति शेरबहादुर देउवा विरुद्ध उहाँहरु प्रतिरोध गर्ने अवस्थामा पुगेका वताएका छन् । देउवाबाट निरन्तरको वेवास्ता,अवमूल्यन, निर्णय प्रक्रियामा एकलौटी ढंगले काम गर्ने लगायतका कारणले दुई महामन्त्रीले सभापति विरुद्ध प्रतिरोध गर्न ेनिष्कर्ष निकालेका हुन् ।

गत बुधबार भएको शीर्ष नेताको बैठकमा महामन्त्री शर्माले पदबाट राजीनामा दिने चेतावनी समेत दिएका थिए । उक्त बैठकमा सहभागी हुनु भएका एक नेता भन्नु हुन्छ ,’रुपान्तरण वा राजीनामाको कुरा महामन्त्री शर्माले उठाउनु भएको हो,’ शर्माको बोली उद्धृत गर्दै उहाँ भन्नु हुन्छ , ‘यस्तै तरिकाले पार्टी चल्न सक्दैन । मसँग दुई विकल्प छन् । पार्टीमा सुधार या महामन्त्रीबाट राजीनामा ।’

पार्टीको १४ औं महाधिवेशन सकिएको डेढ वर्षमा सभापति देउवाबाट प्रताडित हुन पुगेको नेताहरुको बुझाइ रहेको छ । सभापतिले एकलौटी तरिकाले चलेको निष्कर्ष निकाल्दै त्यसको प्रतिवाद गर्ने निचोडमा महामन्त्री थापा पुगेको वताइएको छ ।

तेस्रो उमेर समूहबाट महामन्त्रीमा निर्वाचित थापा र शर्माको विचार, क्षमता तथा ऊर्जालाई सभापति देउवाले परिचालन गर्न नसकेको थापा निकटका नेताहरुको पनि बुझाइ छ ।

‘महामन्त्री दुईलाई नेविसंघको महामन्त्री जस्तो व्यवहार सभापतिले गरेको देखिन्छ,’ केन्द्रीय सदस्य मधु आचार्य भन्नु हुन्छ ‘पार्टीको महामन्त्रीको व्यवहार सभापतिबाट कहिल्यै देख्न पाइएन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस