आज: २०८२ माघ ६, मंगलबार | Tue, 20, Jan, 2026

अनुसन्धानलाई पार्टीले सहयोग गर्नुपर्छ प्रदीप पौडेल

२०८० बैशाख २७, बुधबार मा प्रकाशित ( २ साल अघि) ५०३३ पटक पढिएको
नारी बाटिका


काठमाण्डौं  २७ वैशाख ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता बाल कृष्ण खाण पनि पक्राउ परेका छन् । खाण पक्राउ परेपछि सांसद प्रदीप पौडेलले दोषी नउम्किउन,निदोर्ष नफसुन भन्ने उदेस्यले अनुसन्धानलाई सहयोग गर्नु पर्ने बताएका छन्।

बुधबार सामाजिक सञ्जाल मार्फत सांसद पौडेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा खाण पनि पक्राउ परेपछि यस्तो बताएका हुन् ।

निष्पक्ष रुपमा काम गर्न अनुसन्धानलाई कोही कसैले वा कहीं कतै बाट प्रभावित गर्ने काम हुनु हुँदैन। नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिनमा नेपाली कांग्रेसले पूर्ण रूपमा सहयोग गर्नु पर्छ।

यस प्रकरणमा संलग्न भएका जो कोहीलाई पनि ढाकछोप गर्ने वा चोख्याउने काम नहोस्,भन्नु भएको छ ।

त्येसैगरी सांसद पौडेलले को व्यक्तिख कुन पार्टीमा छ, को सँग कसको के सम्बन्ध छ भन्ने कुनै पनि नातावाद र कृपावादमा नपरी छानबिन हुनुपर्ने बताउनु भएको हो ।

पछिल्लो समयमा निकै चर्चामा आएको नक्कली भुटानी शरणार्थी प्रकरणमा अत्यन्तै गम्भीर भएर छानबिन गरी दोषी प्रमाणित देखाएका सबैलाई कानुनी कठघरामा ल्याइयोस् । अनुसन्धान प्रकियामा निष्पक्ष भएर दृढता पूर्वक सरकार अगाडि बढोस्,’,भन्नु भएको छ ।।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस