आज:  | Sat, 27, Apr, 2024

यातायात ब्यवसायी राष्ट्रिय महासंघ धादिङको संयोजकमा तुलसी अधिकारी चयन

२७ बैशाख २०८०, बुधबार १९:२७ मा प्रकाशित ( ११ महिना अघि) ३०१ पाठक संख्या
नारी बाटिका


धादिङ २७ वैशाख ।

आज सम्पन्न भएको नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघ धादिङ समन्वय समितिको संयोजकमा तुलसी प्रसाद अधिकारी चयन भएका छन् ।
बागमती प्रदेशका संयोजक सुमन गिरीको अध्यक्षतामा सम्पन्न भएको यातायात ब्यवसायी हरुको सहभागिता रहेको भेला बाट जिल्ला समन्वय समिति चयन गरिएको हो ।

नव गठित जिल्ला समन्वय समितिको सचिवमा रामकुमार बानिया,सदस्यहरुमा अशोक खतिवडा,प्रकाश सिम्खडा रहेका छन् । त्येस्तै सल्लाहकारमा बाबुकाजी श्रेष्ठ चयन भएका छन् ।

उक्त कार्यक्रममा धादिङ मण्डली यातायात प्रा।ली।का अध्यक्ष शरद अधिकारी,प्रवन्धक राजेश प्रजापती, ग्रामीण यातायात धादिङ प्रा.ली.का अध्यक्ष राजेन्द्र अधिकारी लगाएतको आतिथ्यता रहेको थियो ।

त्यसैगरी नवगठित समन्वय समितिको संयोजकमा चयन हुनु भएका तुलसी प्रसाद अधिकारीले जिल्लाको यातायात क्षेत्रलाई उचित ब्यवस्थित गर्न आफु लागी पर्ने बताउनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस