आज:  | Fri, 19, Apr, 2024

नेपाल वायुसेवा निगमले विमान खरिदका लागी उपसमिति गठन

२८ बैशाख २०८०, बिहीबार १६:५४ मा प्रकाशित ( ११ महिना अघि) ५१२ पाठक संख्या
नारी बाटिका


काठमाडौ २८ वैशाख

नेपाल वायुसेवा निगमले विमान खरिद गर्नका लागी उपसमिति गठन गरेको छ । विमान खरिद गर्नका लागी योजना निर्माण गरी अघि बढाउन सहज हुने भएकोले समिती गठन गरिएको हो । प्रादेशिक रुपमा हवाई ‘कनेक्टिभिटी’ बढाउने उद्देश्यले सहरी क्षेत्रका विमान स्थलमा उडान भर्न सक्ने दुई वटा जहाज खरिद गर्ने कार्य योजना सहित प्रस्ताव अघि बढाएको छ ।

वैशाख २६ मा बसेको निगमको सञ्चालक समितिको बैठकले यस कार्यका लागि समिति सदस्य वरिष्ठ क्याप्टेन सुधिर समशेर राईको संयोजकत्वमा नौ सदस्यीय उपसमिति गठन गरेको छ । उक्त उपसमितिले २१ दिन भित्र प्रतिवेदन तयार गरी वुझाउन काम सुरु गरिसकेको छ ।

व्यवशायिक हिसावले फाइदा जनक क्षेत्रमा उडान भर्न नसकी रहेको अवस्थामा “सहरी क्षेत्रका विमानस्थलमा चल्ने जहाज नभएकाले निगमले हाल सहरी क्षेत्रमा उडान भर्ने हिसावले यो प्रस्ताव अघि सारेको जारी विज्ञप्तिमा भनिएको छ, “ निगमले दुई वटा जहाज खरिद गरे पश्चात काठमाडौँ, विराटनगर, भैरहवा, पोखरा, नेपालगञ्ज, धनगढी लगायतका क्षेत्रबाट प्रादेशिक उडान भर्न सक्ने जनाएको छ ।”

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस