आज:  | Thu, 18, Apr, 2024

सरुवा भएका कर्मचारीलाई ७ दिनभित्र रमाना लिइ तोकिएको जिल्लामा जान सरकारको अल्टिमेटम

२८ बैशाख २०८०, बिहीबार २०:१० मा प्रकाशित ( ११ महिना अघि) ७०७ पाठक संख्या
नारी बाटिका


काठमाडौ २८ वैशाख ।

सरुवा भएका सरकारी कर्मचारीलाई ७ दिनभित्र रमाना लिइ तोकिएको जिल्ला तथा सम्वन्धित कार्यलयमा जान सरकारले  अल्टिमेटम दिएको छ । तर धेरै वर्षदेखी को अल्झिएको समस्या हो यो सामान्य प्रशासन मन्त्रालयको । कयौं सरकारी सरुवा भई सकेका कर्मचारीले अटेर गरी सरकारलेले तोकेको ठाउँमा नगईकन पावर र पहँुचका भरमा आफुलाई सुविधा सम्पन्न ठाउँमा बस्दै आइरहेका छन् ।

सरुवा भएका सरकारी कर्मचारीहरु नेताहरुलाई भनसुन गर्दै आफुलाई मन परेको र फाइदा हुने जिल्ल तथा कार्यलयहरुमा काज सरुवा बनायर बस्ने गरेका छन् ।

पछिल्लो समयमा भने धेरै समयदेखी सरुवा भइपनि भनसुन आफुलाई अनुकुल हुने गरी सहज जिल्ला तथा कार्यलयमा काज मिलाई बसिरहेका सरकारी कर्मचालाई ७ दिनभित्र रमाना लिइ तोकिएको जिल्लामा जान सरकारले अल्टिमेटम दिएको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काजमा खटाएका कर्मचारी र काज फिर्ता गरेका कर्मचारीले ७ दिनभित्र रमाना नलिए कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

मन्त्रालयले एक सूचना जारी गर्दै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा कामकाज गर्न सङ्घीय कर्मचारी काज फिर्ता गरिएका कार्यालयमा रमाना भई नगएमा कारबाही गर्ने चेतावनी दिएको हो ।

मन्त्रालयको परिपत्रमा काजमा खटाइएका र काज फिर्ता गरिएका कर्मचारीहरूको रमाना लिने अवधि सकिए पछि साविकका कार्यालयबाट निजहरूको विदा स्वीकृत नगर्ने रमाना नलिएमा विभागीय सजायको प्रक्रिया सुरू हुने उल्लेख गरिएको छ ।

रमाना भएर नजाने कर्मचारीलाई उपलव्ध गराएको सेवा, सुविधा र पारिश्रमिक सम्बन्धित कार्यालय प्रमुख र आर्थिक प्रशासन प्रमुखबाट असुल उपर गर्ने समेत चेतावनी दिदै तुरुन्त तोकिएको सम्वन्धत कार्यलय तथा जिल्लामा रमना लिइ जानुपर्ने मन्त्रालयले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस