आज:  | Sat, 20, Apr, 2024

धादिङको गल्छि गाउँपालिका–८ मा छुरा प्रहार गरी एक व्यक्तिको हत्या गरेपछी विरोधमा स्थानिय वासी

२९ बैशाख २०८०, शुक्रबार ०८:३६ मा प्रकाशित ( ११ महिना अघि) ७३१ पाठक संख्या
नारी बाटिका


धादिङ २९ वैशाख सुक्रवार ।

धादिङको गल्छि गाउँपालिका–८ मा वुधवार राती सोही स्थान बस्ने विनोद थापामगरलाई एक होटलमा छुरा प्रहार गरी हत्या गरेपछी विरोधमा स्थानिय वासीहरु सडक आन्दोलनमा निस्किएका थिए । गल्छि गाउँपालिका–८ का विनोद थापा मगरको धारिलो हतियार प्रहारपछि उपचारको क्रममा ज्यान गएको हो ।

होटलमा सामान्य विवादका कारण चक्कु प्रहार गरि घाइते भएको २८ वर्षिय मगरको काठमाडौमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक गौतम मिश्रले जानकारी दिनु भयो । ‘बुधबार राति करिव १२ वजेतिर उक्त घटना भएको थियो ।होटलमा ग्राहकको रुपमा आएका मगर र होटल सञ्चालकविच सामान्य विवाद भएपछि होटलवाले एक्कासी चक्कु प्रहार गरी घाइते बनाएका हो ।

चक्कु प्रहार बाट घाइते बनेका मगरको उपचारका क्रममा ज्यान गएका ेथियो । हाल छानविनका लागि होटल सञ्चालक सरस्वती पण्डित र उनका छोरा निरज पण्डित प्रहरीको नियन्त्रणमा छन् । होटलमा खाना खान आएका अन्य ४ जना ग्राहकलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरी उपरिक्षक एसपी मिश्रले बताउनु भयो ।

घटनापछि पिडितका आफन्त पक्षले सडक खण्ड अवरुद्ध गर्दा दिनभर गल्छि बजार लगायतका स्थानमा तनाव ग्रस्त बनेको थियो । तर आज भने सडक सुचारु भएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस