आज:  | Fri, 26, Apr, 2024

१८ वर्षे किशोरद्वारा अमेरिकाको न्यु मेक्सिकोमा ३ जनाको हत्या

२ जेष्ठ २०८०, मंगलवार १५:५२ मा प्रकाशित ( ११ महिना अघि) ५३६ पाठक संख्या
नारी बाटिका


अन्तर्राष्टिय खबर

जेष्ठ  २  मंगलवार

अमेरिकाको न्यु मेक्सिकोमा अठार वर्षीय एक बन्दुकधारी युवकले तिनजनाको गोली हानी हत्या गरेका छन् । सोमबार न्यु मेक्सिकोको गिर्जाघर बाहिर ति युवकले गोली हानेर तीन जनाको हत्या गरेका हुन् ।

गोली लागेर दुई प्रहरी अधिकारीहरू सहित अन्य केही व्यक्तिहरू पनि घाइते भएको अल जजीराले उल्लेख गरेको छ । त्यसैगरी गोली हान्ने युवकलाई पनि प्रहरीले गोली हानी मारेको छ ।

अल जजीराका अनुसार न्यु मेक्सिकोको फार्मिङ्टनको आवासीय क्षेत्रमा सोमबार अन्धाधुन्द गोली हानेपछी किशोर बन्दुकधारीले दुई प्रहरी सहित धेरै व्यक्तिहरुलाई घाइते बनाएको प्रहरीले जनाएको छ।

सो घटनाबाट अन्य थुप्रै नागरिक पीडित भएको फार्मिंग्टन प्रहरीले फेसबुक मार्फत जानकारी गराउदै एकजना संदिग्धलाई घटना स्थलमै गोली हानी मारेको बताएको हो। यसै बीच फार्मिङ्टनमा भएको गोली काण्ड पछि शह३का विद्यालयहरू बन्द गरिएको प्रहरीले जनाएको छ।

बिहान ११ बजे गोली चलेको खबर आएपछि आसपासका विद्यालयमा विद्यार्थिहरूलाई विद्यालयमै सुरक्षित राखिएको थियो। शहरको प्रहरी विभागले फेसबुक पोस्टमा भनेको छ, ‘कम्तिमा तीन जना सर्व साधारणको हत्या भएको थियो र संदिग्धलाई मारिएको छ। घाइतेहरूको सान जुआन क्षेत्रीय मेडिकल सेन्टरमा उपचार भइरहेको जनााएकोछ।

प्रहरीले मारिएका र घाइते भएकाहरूको नाम सार्वजनिक गरेको छैन। घटना बारे विस्तृत विवरण पनि सार्वजनिक गरिएको छैन। घटनाको बारेमा गम्भीर अनुसन्धान भइरहेको विषय मात्र उल्लेख गरिएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस