आज:  | Fri, 26, Apr, 2024

निलकण्ठ नगरपालिका वडा न. ३ र गैसस तथा नारी जागरण केन्द्रको स्थानिय आयोजनामा जेठ ४ गते नसर्ने रोगको स्क्रिनिङ सहित निःशुल्क स्वास्थ्य शिविर हुंदै

२ जेष्ठ २०८०, मंगलवार २०:०१ मा प्रकाशित ( ११ महिना अघि) १०३२ पाठक संख्या
नारी बाटिका


धादिङ,२ जेठ ।

यही जेठ  ४ गते सुक्रवारका दिन निलकण्ठ नगरपालिका वडा न.ं ३ र गैसस महाँसंघ धादिङको आयोजना तथा स्थानिय तहमा नारी जागरण केन्द्न धादिङको आयोजना एवं ब्यवस्थापनमा नसर्ने रोगहरुको स्क्रिनिङ सहित शारीरिक चेकजाँच, सुगर,प्रेसर,पिसाब,उचाइ र तौल लगायत अन्य जाँचहरु हुने भएको छ ।

निशुल्क स्वास्थ्य परिक्षण गर्ने गरी संन्चालन हुन लागिएको उक्त शिविरमा ३० वर्ष भन्दा माथीका उमेर समुहको लागी सुगर,पेसर,पिसाव,शारिरिक चेक,जाँच तथा तौल,उचाई लगायतमा स्वास्थ्य परिक्षण गर्ने कार्यक्रमको आयोजना गर्न लागिएको केन्द्रका कार्यकारी निर्देशक भगवती उप्रेतीले नारी वाटिका डट्कम अनलाइन खबरलाई जानकारी गर्नु भएको छ ।

पछिल्लो समयमा नेपालमा नसर्ने रोगहरुका कारण मानिसको स्वास्थ्यमा निकै समस्या देखा पर्ने गरेको छ । क्यान्सर,सुगर पेसर जस्ता नसर्ने खालको रोगले मानिसको स्वास्थ्यको मुख्य अंग मुटुमा समस्या देखा पर्ने गरेको पाइएको छ ।

नसर्ने रोगको समस्या समाधान गर्ने उदेस्यले नेपाल सरकार वागमती प्रदेश ,स्वास्य विभाग स्वास्थ्य कार्यलय धादिङ, निलकण्ठ नगरपालिका वडा न.ं ३ कोे सहयोगमा ३० बर्ष माथि उमेर समुहका नागरिकहरुको नसर्ने रोगहरुको स्क्रिनिङ सहित निशुल्क स्वास्थ्य शिविर संन्चालन गरी जनचेतना जगाउने मुख्य उदेस्यले गैर सरकारी संस्थाहरु संग सहकार्य गरी समुदाय स्तरमा कार्यक्रम गर्न लागिएको हो

निशुल्क स्वास्थ्य शिविर संन्चालन गर्नको लागी गैसस महाँसंघ धादिङले आवश्यक जाँच गर्ने सामाग्री उपलव्ध गराउने छ भने स्वास्थ्य प्राविधिकको सहयोगमा स्थानिय संस्थाले कार्यक्रमको क्यवस्थापन गरी समुदाय स्तरमा निःशुल्क रुपमा शिविर संन्चालन गर्न लागिएको नारी जागरण केन्द्र धादिङका कार्यकारी निर्देशक भगवती उप्रेतीले जानकारी दिनु भएको छ ।

साथै उल्लेखित स्वास्थ्य शिविरमा केन्द्र अन्तर्रगत समुदायमा रहेका महिला समुहहरु,कर्मचारीहरु लगायत समुदाय तहका ३० बर्ष माथि उमेर समुहका नागरिकहरुको स्वास्थ्य समस्यामा सहयोग पुर्याउनका लागी स्वास्थ्य कार्यलय धादिङ र यस अभियानमा कार्य गरिरहेको गैर सरकारी संस्था महाँसंघ धादिङको आयोजनामा सहकार्य गरी नसर्ने रोगहरुको स्क्रिनिङ सहित निशुल्क स्वास्थ्य शिविर संन्चालन गर्न लागिएको हो ।

पायक पर्ने लाइ अवशरको फाइदा लिन हुन महासंघका उपाध्यक्ष समेत रहनु भएका उप्रेतीले समुदायका सवै नागरिकलाइ अनुरोध गर्नु भएको छ ।

शिविरमा शारीरिक चेकजाँच, सुगर,प्रेसर,पिसाब,उचाइ र तौल लगायत अन्य जाँचहरु गरिने भएको छ । उक्त शिविर निलकण्ठ नगरपालिका धादिङवेशी बिचबजार चोकमा विहान १० बजेदेखी दिनको ३ बजे सम्म संन्चालन हुने भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस